कोरोना उपचारमा भारतले औषधि नपठाए सम्बन्ध विग्रन सक्ने ट्रम्पको चेतावनी



अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँगको सम्बन्ध विग्रन सक्ने चेतावनी दिएका छन् ।

भारतले कोरोना विरामीको उपचारका लागि हाइड्र क्लोरोक्वाइन औषधि निर्यात गर्नेबारे स्पष्ट नपारे सम्बन्धमा चिसोपना आउन सक्ने चेतावनी दिएका छन ।

केही दिन अघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको कुराकानीमा ट्रम्पले भारतले मलेरियाविरुद्ध प्रयोग हुँदै आएको हाइड्रक्लारोक्वाइन धेरै परिमाणमा उत्पादन गर्ने भएकाले उक्त औषधि अमेरिका पठाइदिन अनुरोध गरेका थिए ।

कोरोना संक्रमितको संख्यामा उल्लेखनीय बृद्धि भएपनि अमेरिकाको कोरोना विरामीको उपचारमा मलेरियाका विरामीलाई दिइने औषधि प्रयोग गर्दै आएको छ ।

कोरोनाको औषधि पत्ता नलागिसकेको अवस्थामा अमेरिकामा मलेरियाको औषधि प्रयोग गर्न ट्रम्पले सुझाब दिएका छन । अमेरिकामा अहिले मलेरियाको औषधि कोरोना विरामीको उपचारमा प्रयोग हुने मुख्य औषधि रहेको छ ।

केहि दिन भएको औषधि पठाउने बारेको संबादपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विट गर्दै भनेका थिए– ‘अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग विस्तृत कुराकानी भयो । उक्त कुराकानीमा दुबै देश मिलेर कोरोना विरुद्ध लडने समझदारी भएको छ ।’

उक्त छलफल भएको केहि दिनमै अमेरिकाले औषधि निर्यात गर्ने बारे स्पष्ट नपारे सम्बन्ध बिग्रनसक्ने चेतावनी दिएका छन् ।

सोमबार ह्वाइटहाउसमा मिडिया व्रिफिङ गर्दै ट्रम्पले भने- मैले आइतबार विहान मोदीसँग कुराकानी गरेको छु, उनले सकरात्मक प्रतिक्रिया दिएका छन् । हामीले उक्त औषधि अमेरिका पठाएमा प्रशंसा गर्नेछौ ।

उनले औषधि निर्यात हुन नदिए त्यसले पक्कै पनि राम्रो नहुने बताए । गत बुधबारदेखि भारतले औषधि निर्यातका रोक लगाएको छ । औषधि निर्यात भएपनि केस टु केसका आधारमा हुने समेत बताइएको छ ।


क्लिकमान्डु