नयाँ गभर्नर अधिकारीले भने- कोरोना प्रभावित अर्थतन्त्र उकास्नु मेरो पहिलो प्राथमिकता



काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महप्रसाद अधिकारीले कोरोना भाइरसको कारण अर्थतन्त्रमा परेको समस्या समाधान गर्ने काम पहिलो प्राथमिकता हुने बताएका छन् ।

नवनियुक्त गभर्नर अधिकारीले गभर्नर पदमा बहाली गरेपछि पहिलो प्राथमिकता कोरोनाको कारण समस्यामा परेको अर्थतन्त्र उकास्नको लागि ल्याउने प्याकेजमा आफु केन्द्रीत हुने बताए ।

चाटर्ड एकाउन्टेन्टको जिम्मामा राष्ट्र बैंक, ५ वर्ष अगाडिको महाप्रसादको इच्छा यसरी भयो पूरा

‘गभर्नरको रुपमा गर्नुपर्ने कामहरु धेरै हुन्छन् ,मैले पहिलो प्राथमिकता दिने भनेको कोरोनाको प्रभावमा परेको अर्थतन्त्रलाई उकास्नु हुने छ,’ अधिकारीले क्लिकमाण्डूसँग भने ।

‘अहिले कोरोनो भाइरसको कारण विश्व अर्थतन्त्रमा नै ठूलो असर परेको छ,अहिले हामीले गर्नुपर्ने काम नै कोरोना भाइरसको कारण समस्यामा परेको अर्थतन्त्रलाई उकास्नु हो, मेरो पहिलो प्राथमिकतामा यसैमा हुने छ,’ अधिकारीले आफ्नो योजना सुनाउँदै भने ।

राष्ट्र बैंकले कोरोना भाइरसको कारण अर्थतन्त्रमा परेको असरको बारेमा राहतको प्याकेज ल्याएको छ । तर,यो अल्पकालिन राहतको मात्र प्याकेज हो ।

गभर्नर अधिकारीले केन्द्रीय बैंकले थप राहत प्याकेज ल्याउने संकेत गरेका छन् । अहिले बैकको ऋण तिर्ने किस्ताको समय मात्र सारिएको छ । यसबाहेक पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योगलाई केन्द्रीय बैंकले दिनुपर्ने राहत आएपनि बृहत राहत प्याकेज आएको छैन ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले ५ वर्षको लागि लगानी बोर्डमा प्रमुख कार्यकारी अधिकृत रहेका अधिकारीलाई राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त गरेको थियो । अधिकारी राष्ट्र बैंकका क्याडर हुन् । उनी राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर समेत हुन् ।


क्लिकमान्डु