पहिलो पटक मानिसबाट जनावरमा सर्यो कोरोना भाइरस, बाघ संक्रमित



कोरोना भाइरसको संक्रमणमा नयाँ तथ्य फेला परेको छ । जनावरबाट मानिसमा सरेको भनिएको कोरोना भाइरस फेरि जनावरमा सरेको पुष्टि भएको छ ।

अमेरिकाको एक चिडियाघरमा रहेको ४ वर्षे मलायन बघियालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । नाडिया नाम गरेकी बघियालाई कोरोना भाइरस भेटिएको जनावरमा देखिएको पहिलो घटना भएको दाबी गरिएको छ ।

अमेरिकाको न्यूयोर्कमा रहेको द ब्रोन्स चिडियाखानाले त्यहाँको राष्ट्रिय भेटेनेरी सर्भिस लेबोटरी इन लोवाले कोरोना भाइरस पोजिटिभ भएको पुष्टि गरेको हो ।

त्यो बघिनीमा पनि सुख्खा खोकी देखिएको थियो । यसअघि चिडियाखानाका कर्मचारीलाई पनि त्यस्ता लक्षण देखिएको थियो ।

चिडियाखानामा रहेको २७ वटा बाघमा उक्त लक्षय देखिएको थियो । चिडिया खाना अहिले बन्द छ ।


क्लिकमान्डु