विश्वका धनी व्यक्ति बेजोसले खाना खुवाउन १० करोड डलर दिने, अमेरिकीहरु असन्तुष्ट



अमेजनका संस्थापक र सीईओ जेफ बेजोसले बेरोजगार अमेरिकीहरूलाई भोकमरीमा मद्दत गर्न युएस फूड बैंकलाई १० करोड डलर सहयोग दिने घोषणा गरेका छन्।

कोरोनाभाइरस महामारीको कारण अमेरिकामा बेरोजगारीमा ठूलो वृद्धि देखिएको छ । बेजोसले एक इन्स्टाग्राम पोस्टमा भनेका छन् ‘देशको फूड बैंक मार्फत खानका समस्या परेकाहरुलाई सहयोग गर्न चाहन्छन् ।’

यसको लागि उनले १० करोड सहयोग गर्ने घोषणा गरेका हुन् ।

मार्चको अन्तिम दुई हप्तामा अमेरिकामा करिब १ करोड मानिसहरू बेरोजगार भएका छन् । ३३ लाख मानिसहरुले बेरोजगार भत्ताको लागि आवेदन दिएका छन् ।

बेजोसका अनुसार अमेरिकाले फिडिङबाट यो रकम फूड बैंक र खाद्य उद्योगहरुमा पुग्नेछ र अमेरिकाबाट खाद्यान्न आपूर्ति हुनेछ। फूड बैंक र सामाजिक सेवाका लागि काम गर्ने खाद्य उद्योगहरुले मुख्यतया रेस्टुरेन्टहरूबाट अतिरिक्त खाना प्राप्त गर्दछन्। धेरै रेस्टुरेन्टहरूले उनीहरूलाई थप खाना चन्दा दिन्छन्।

तर यस समयमा सामाजिक दुरीका कारण रेस्टुरेन्टहरू बन्द छन्। थप खाना प्राप्त गर्न अन्य अवसरहरू पनि बन्द छन्। अर्कोतर्फ, फूड बैंकको लागि माग पहिलेभन्दा धेरै भएको छ। लाखौं मानिसहरू अमेरिकामा बेरोजगार भइरहेका छन् र धेरै जसो अमेरिकाका मानिसहरू यी खाद्य बैंकहरूमा निर्भर छन्।

तथापि, केही व्यक्ति बेजोसको चन्दामा त्यति खुशी छैनन्, किनकि बेजोसको करिब १२० अरब डलरको सम्पत्तिमा यो 0.08  प्रतिशत मात्र हो।

आलोचनाको बाबजुद फिडिङ अमेरिकाले बेजोसको यो सहयोग पाएकोमा उनीहरू कृतज्ञ रहेको जनाएको छ । फिडिङ अमेरिकाका सीईओ क्लेयर बार्बिनेक्स फोन्टेनोटले अहिलेसम्मकै ठूलो सहयोग गरेमो धन्यवाद दिए । यसले वरपरका लाखौं खाँचोमा परेका मानिसहरूलाई खाना पुग्न मद्दत गर्ने विश्वास व्यक्त गरे । ऐजेन्सी


क्लिकमान्डु