कोरोना वियरको उत्पादन बन्द



विश्वमा कोरोना भाइरसको संक्रमण बढेसँगै मेक्सिकोमा उत्पादन हुने ‘कोरोना’ वियरको उत्पादन तत्कालका लागि बन्द भएको छ ।

कोरोना भाइरससँग नाम जुधेपछि यो वियरको चर्चा भएको थियो । कम्पनीको बिक्री गत वर्षको तुलनामा यो वर्ष २४ प्रतिशतले बढेको छ । कम्पनीले ट्विटरमार्फत केही समयका लागि उत्पादन रोकिएको जानकारी दिएको हो ।

कोरोना कारण हाल मेक्सिकोमा १५ सयभन्दा बढी सक्रमित र ५० जनाको मृत्यु भइसकेको छ ।

सीएनएन


क्लिकमान्डु