अष्ट्रेलियाका प्रधानमन्त्री मोरिसनले भने- विदेशी विद्यार्थीहरु स्वदेश फर्कन सक्छन



अष्ट्रेलियाका प्रधानमन्त्री स्कोट मोरिसनले त्यहाँ अध्ययन गरिरहेका विदेशी विद्यार्थीले अष्ट्रेलिया छाड्न सक्ने बताएका छन्। जसले गर्दा हजारौं नेपाली विद्यार्थीहरु समस्यामा पर्ने निश्चित छ । 

हाल अष्ट्रेलियमा १ लाखभन्दा बढी नेपाली छन् । साथै प्रत्येक वर्ष २० हजारको हाराहारीमा नेपालमा अष्ट्रेलिया अध्ययनका लागि जान्छन् ।

शुक्रबार सम्बोधन गर्दै अष्ट्रेलियामा बल्न गाह्रो हुने विद्यार्थी आफ्नै दश फर्कन सक्ने बताएका छन् उनले अहिले अष्ट्रेलियाले नागरिकको हितलाई हेर्नु पर्ने भएकाले विद्यार्थी भिसालगायतका भिसाप्राप्त व्यक्ति अष्ट्रेलिया छाड्न सक्ने बताए

आफूलाई सम्हाल सक्दैनन भने देश छाडेर जानुको विकल्प छैन,’ उनले भने

साथै उनले विदेशबाट आउनेहरु फल टिप्ने जस्ता काम गर्न चाहनेहरु भने एक ठाउँबाट अर्को ठाउँमा जानुभन्दा अघि १४ दिनको आइसोलेसनमा बस्नुपर्ने समेत बताए

उनले मुलुकको कुनै एक ठाउँबाट अर्को ठाउँमा भाइरस जानबाच रोक्न ध्यान दिनुपर्ने बताए

उनले सबै विद्यार्थीहरु अष्ट्रेलियामा वर्षको पूरै शुल्कको ग्यारेन्टीका साथ आउने भएकाले समस्या हुनु नपर्ने समेत बताए उनले अष्ट्रेलिया आउनुभन्दा अगाडि सोही मापदण्ड पूरा गरी आएको समेत उनले स्पष्ट पारे

 


क्लिकमान्डु