कोरोनासँग लड्न भारतलाई विश्व बैंकले १ अर्ब अमेरिकी डलर सहयोग गर्ने



नयाँ दिल्ली । विश्वरभर कोरोनाले आतंक मच्चाएपछि त्यससँग जुध्न विश्व बैंकले सहयोग गर्न थालेको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि विश्व बैंकले पहिलो चरणमा विभिन्न देशलाई १ अर्व ९० करोड अ‍मेरिकी डलर सहयोग गर्ने योजना बनाएको छ । यो रकम विभिन्न ४० देशलाई सहयोग गरिने बैंकले जनाएको छ ।

बैंकले जारी गरेको उक्त कोषमध्ये सर्वाधिक रकम भारतलाई दिने भएको हो । १ अर्ब ९० करोड अमेरिकी डलरमध्ये १ अर्व अमेरिकी डलर डलर भारतको भागमा परेको छ ।

अहिले कोरोना भाइरसंको संख्या संसारभर १० लाख नाघेको छ भने भारतमा मात्रै २ हजार संक्रमित भएको पुष्टि भएको छ । भारतमा ५० जनाले यहि भाइरसका कारण ज्यान गुमाइसकेको छन ।

कोरोना संक्रमितहरुको संख्या नियन्त्रण गर्न भारतमा २१ दिने लकडाउन चलिरहेको छ ।


क्लिकमान्डु