पुर्व क्रिकेट खेलाडी गौतम गम्भिरले पिएम केयर्स कोषमा २ वर्षको तलब दिने



नयाँ दिल्ली । भारतीय जनता पार्टीका सांसद तथा पुर्व क्रिकेट खेलाडी गौतम गम्भिरले पिएम केयर कोषमा दुई वर्षको तलब दिने भएका छन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना महामारी विरुद्ध लडनका लागि स्थापना गरेको पिएम केयर्स फण्डमा उनले उक्त रकम जम्मा गर्ने घोषणा गरेका हुन ।

पुर्वी दिल्लीका सांसदहरुले जनतालाई पनि उक्त कोषमा आफु सक्दो सहयोग गर्न अपिल गरेका छन ।

दुई  वर्षको तलब दिने घोषणा गर्दै पुर्व खेलाडी समेत रहेका गौतम गम्भिरले लेखेका छन्  ‘जनताले देशले मेरा लागि के गर्यो भनेर सोध्छन । तर त्यो होइन । खास प्रश्न त तपाई हामीले देशका लागि के गर्न सक्यौ भन्ने हो । मैले मेरो २ वर्षको तलब पिएम केयर्स कोषमा जम्मा गर्ने निर्णय गरेको छु । तपाईहरु पनि यसमा सामेल हुनपर्छ ।’

प्रधानमन्त्री नरेन्द्र मोदीले गत शनिबार कोरोना संक्रमण विरुद्ध लडनका लागि उक्त कोष बनाएका थिए । उनले सबै देशबासीहरुलाई उक्त कोषमा सहयोग गरी कोरोनाविरुद्ध लडन सहज बनाउन आग्रह गरेका छन् ।

उनले टुइटरमा लेख्दै भनेका छन– प्रधानमन्त्रीको नागरिक सहायता र रिलिफ इन इर्मजेन्सी सिचुएसन अर्थात पिएम केयर्स फण्डमा जम्मा हुने रकम स्वस्थ भारत बनाउन प्रयोग हुनेछ ।


क्लिकमान्डु