शेखर गोल्छाको होम क्वारेन्टाइनः आफूभित्र आफैं प्रवेश गर्दैछु, आजसम्म घरमै थलिएको थिइँन
काठमाडौं । शेखर गोल्छा अर्थात् नेपालको एक ठूलो व्यावसायीक घराना गोल्छा अर्गनाइजेशनका प्रमुख । यतिले मात्रै उनको परिचय पुग्दैन । सरकारपछिको ठूलो नेटवर्क भएको नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष । र, केही महिनादेखि विधानले नै शुनिश्चितता गरेको अध्यक्ष ।
आफ्नो निजी बिजनेश सम्हाल्नेदेखि महासंघका काममा सक्रिय हुने गोल्छा अत्याधिक धेरै व्यस्त हुने व्यक्ति हुन् ।
विश्वभर महामारीकारुपमा फैलिएको कोरोना भाइरसको महामारी फैलिन नदिन सरकारले चैत ११ गतेदेखि २५ गतेसम्मका लागि देशलाई लक डाउन गरेको छ । सरकारको अनुमतिबिना घरबाहिर निस्कन पाइँदैन । त्यतिमात्रै होइन, आफ्नै सुरक्षाका लागि घर बाहिर ननिस्कनु भनिएको हो ।
भवानी राणाको सेल्फ क्वारेन्टाइनः घरै बसेर महासंघको काममा व्यस्त, भन्छिन्- शब्जी किन्न निस्कन्छु
उद्योगी व्यवसायीहरु भनेका देशलाई ठूलो आर्थिक योगदान पुर्याउने व्यक्ति हुन् । उनीहरुले वस्तु तथा सेवाको उत्पादन र विक्री वितरण गर्दा हजारौं मान्छेले रोजगार पाएका हुन्छन् भने यसरी भएको कमाइको निश्चिन प्रतिशत रकम राज्यलाई कर तिरेका हुन्छन् । यस्तै उद्योगी व्यवसायीसँग लिएको करले राज्य सञ्चालन हुने हो ।
लकडाउनको अवधिमा बाहिर जान सक्ने अवस्था छैन । त्यसैले आफ्नो आत्माभित्र आफैं प्रवेश गर्न खोजिरहेको छु । आफ्नो जीबनको लक्ष्यलाई स्पस्टका साथ हेर्ने प्रयास गर्दैछु । यसलाई मैले आफूले आफैंलाई चिन्ने अवसरकारुपमा मैले लिएको छु ।
यस्तो अवस्थामा अति नै व्ययस्त हुने उद्योगी, व्यवसायीहरु प्नि घरभित्रै बसिरहेका छन् । हामीले महासंघ अध्यक्ष भवानी राणा, निवर्तमान अध्यक्ष पशुपति मुरारका, उपाध्यक्ष चन्द्र ढकालको सेल्फ क्वारेन्टाइनका विषयमा सामाग्री सम्प्रेषण गरिसकेका छौं ।
मुरारकाको सेल्फ क्वारेन्टाइनः तरकारी खान छाडिसकेँ, इन्टरनेट र करेन्ट बाहेक घर भित्रिन दिन्न
आज हामी तपाईंहरुलाई महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको सेल्फ क्वारेन्टाइनका विषयमा जानकारी दिँदैछौं ।
गोल्छाकै शब्दमा
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेर घरमै सेल्फ क्वारेन्टाइनमा बस्न आफ्ना नागरिकहरुलाई आग्रह गरेको छ । जसअनुसार म पनि घरमै सेल्फ क्वारेन्टाइनमा बसिरहेको छु ।
मलाई आजसम्म कुनै बन्द हड्तालले पनि घरबाहिर निस्कन रोकेको थिएन । हिँडेर अफिस गएर भने पनि काम गर्थेँ । जतिसुकै बिरामी परेपनि म कहिल्यै पनि घरमा थला परिँन । कोरोना भाइरसले घरमै थल्यायो । यो मेरो जिन्दगीको पहिलो अनुभव पनि हो ।
हामीकहाँ गरिबलाई मात्रै सहयोग दिनुपर्छ भन्ने सोच छ, त्यो एक अर्थमा सही पनि हो । तर, इकोनोमी रिभाइभ गर्नलाई व्यावसायीक जगतलाई सपोर्ट गर्नैपर्छ ।
शुरुका केही दिन किताबहरु पढेर बिताएँ । अहिलेसम्म ६ वटा किताब पढेँ । आत्धात्मिक किताबहरु पढेँ । किनभने बिजनेश सम्बन्धी पढ्नुपर्ने धेरै किताबहरु पढिसकेको छु । म आत्यात्ममा रुचि राख्ने मान्छे हुँ । तर, समयको अभावका कारण आत्ध्यात्मिक किताब पढ्न पाएको थिइँन ।
लगातार आध्यात्मिक किताब पढ्ने हो भने फेरि यो सांसारिक कुरा केही होइन रहेछ भनेर फेरि मान्छेले अर्को बाटो समात्न सक्छ । मैले आफ्नो जीबनमा गर्नुपर्ने धेरै कुराहरु छन् । त्यसैले सीमित आध्यात्मिक किताब मात्रै पढेँ ।
अध्यात्ममा मेरो इच्छा पहिलेदेखि नै थियो । अहिले अलि बढी छ । तर म धार्मिक मान्छेचाहीँ होइन । आध्यात्मिक किताबहरुमा तर्कभन्दा बढी विश्वासको कुरा लेखिएको हुन्छ । म तर्कमा बढी विश्वास गर्ने मान्छे हुँ । अध्यात्मक सानो भाग मात्रै धर्म हो भन्ने मलाई लाग्छ ।
चन्द्र ढकालको सेल्फ क्वारेन्टाइनः व्यवसाय शुरु गरेपछि पहिलोपटक पूरै दिन घरमा बसिरहेको छु
एउटा यस्तो जीबन जिउँ जुन करुणाले भरिपूर्ण होस् । आध्यात्मिक जीबनमा सबैभन्दा ठूलो कुरा मनमा करुँणा राख्नु हो । घरपरिवार, साथीभाई सबैसँग करुँणा मनमा राख्न सकियो भने राम्रो पनि हुन्छ ।
लकडाउनको अवधिमा बाहिर जान सक्ने अवस्था छैन । त्यसैले आफ्नो आत्माभित्र आफैं प्रवेश गर्न खोजिरहेको छु । आफ्नो जीबनको लक्ष्यलाई स्पस्टका साथ हेर्ने प्रयास गर्दैछु । यसलाई मैले आफूले आफैंलाई चिन्ने अवसरकारुपमा मैले लिएको छु ।
भोलिका दिनमा आफ्नो निजी कार्यालय र नेपाल उद्योग महासंघलाई कसरी अघि बढाउन सकिन्छ भनेर पनि चिन्तन गरिरहेको छु ।
धेरै वर्षपछि दुबैजना छोराछोरी एकैसाथ घरमा छन् । पहिला छोरा बाहिर पढ्थ्यो । अहिले छोरी बाहिर पढ्छ । छोराछोरीलाई र परिवारलाई समय दिन पाएको छु ।
यसअघि हेर्न मन लागेका तर समयको अभावले हेर्न नपाइएका फिल्महरु पनि हेर्ने गरेको छु ।
अत्यावश्यक कामका लागि कहिले सरकारले त कहिले उद्योगी व्यवसायी साथीहरुले बोलाउनुहुन्छ । पूरै प्रोटेक्सनका साथ बोलाएका ठाउँमा पुगेर आफूले सक्दो काम पनि गरेको छु ।
खासगरी आपूर्ति व्यवस्था मिलाउनका लागि सरकारले बोलाइरहन्छ । सेफ्टी अपनाएर, मास्क लगाएर र सामाजिक दूरीमा बसेर त्यस्ता ठाउँमा काम गरिरहेको छ । फोनमै पनि साथीभाईका समस्या समाधान गर्ने प्रयासहरु गरिरहेकै छु ।
पहिला भूकम्प र नाकाभन्दी भइसकेपछि माग बढेको थियो । जसले बिजनेशमा ड्यामेज चाहीँ गरेको थिएन । तर, कोरोनाले माग घटाउने र बिजनेशमै ड्यामेज गर्ने मैले देखेको छु । यो रिकोभर हुन समय लाग्छ ।
पहिला भूकम्प र नाकाभन्दी भइसकेपछि माग बढेको थियो । जसले बिजनेशमा ड्यामेज चाहीँ गरेको थिएन । तर, कोरोनाले माग घटाउने र बिजनेशमै ड्यामेज गर्ने मैले देखेको छु । यो रिकोभर हुन समय लाग्छ ।
मैले देखे अनुसार पर्यटन क्षेत्र बन्द हुन्छ । रेस्टुरेन्ट र हाम्रा सेवाहरु पनि धेरै नै स्लो डाउन हुन्छन् । यस्तो बेलामा लगानी पनि बढ्न सक्दैन । माग बढ्दैन । जसले बिजनेश डामाडोल हुन्छ । यसले राजस्व पनि कम उठ्छ । राजस्व कम उठिसकेपछि विकासका आयोजनाहरु ठप्प हुन्छन् ।
हामी सबैले खुल्ला हृदयका साथ काम गर्दै अघि बढ्नुपर्छ । अरु देशले निजी क्षेलाई सपोर्ट गरेर अर्थतन्त्रलाई चलायमान बनाउने नीति लिएका छन् ।
तर, हाम्रो सरकारले निजी क्षेत्रलाई सम्बोधन गर्नेगरी राहत प्याकेज ल्याएको छैन । हामीकहाँ बिजनेशलाई सहयोग गर्ने सोच छैन ।
हामीकहाँ गरिबलाई मात्रै सहयोग दिनुपर्छ भन्ने सोच छ, त्यो एक अर्थमा सही पनि हो । तर, इकोनोमी रिभाइभ गर्नलाई व्यावसायीक जगतलाई सपोर्ट गर्नैपर्छ ।
यो समस्या कहिलेसम्म रहन्छ भनेर अनुमान लगाउनसक्ने अवस्था छैन । त्यसैले भोलिका दिनमा आफ्नो निजी कार्यालय र नेपाल उद्योग महासंघलाई कसरी अघि बढाउन सकिन्छ भनेर पनि चिन्तन गरिरहेको छु ।