सबै विदेशी पर्यटकलाई देश फर्काइने, काठमाडौं ल्याइदिन पर्यटन बोर्डले लेख्यो पत्र



काठमाडौं । कोरोना भाइरसका कारण मुलुकमा लकडाउनसँगै अन्तर्राष्ट्रिय उडान बन्द भएपछि रोकिएका विदेशी पर्यटकलाई देश फर्काउनका लागि पर्यटन बोर्डले प्रक्रिया शुरु गरेको छ ।

जस अन्तर्गत अप्रिल ३ तारिखसम्म काठमाडौं बाहिर रहेका सबै विदेशी पर्यटकलाई नेपाल ल्याउने र उनीहरुलाई विदेश पठाइनेछ । यसका लागि नेपाल पर्यटन बोर्डले सबै जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेको छ ।

पत्रमा सबै विदेशी नागरिकलाई पर्यटकको उद्दारका लागि आवश्यकता अनुसार हवाईमार्गबाट तथा हवाईमार्गबाट सम्भव नभएको अवस्थामा सडकमार्गबाट काठमाडौं ल्याउन सहजीकरण गरिदिन आग्रह गरिएको छ ।


क्लिकमान्डु