फोर्ब्सको सूचीमा पर्न सफल यी हुन् ६ जना नेपाली उद्यमी



विश्वका धनीहरुको सूची सार्वजनिक गर्ने फोर्ब्सले ३० वर्ष मुनीका नयाँ प्रभावशाली उद्यमीहरुको सूची सार्वजनिक गरेको छ । जसमा नेपालबाट ४ वटा कम्पनीका ६ जना उद्यमीहरु समावेश भएका छन् ।

एसियाका ३० वर्षभन्दा कम उमेरका यी उद्यमीहरु नेपालमा स्टार्ट अप व्यवसायमा राम्रो काम गरेका उद्यमी हुन् ।

१) फुडमारियो

फुडमारियोका संस्थापक रोहित तिवारी हुन् । २८ वर्षे तिवारीको यो व्यवसाय अनलाइनमाध्यमबाट घरमै पकाएको खाना ग्राहकहरुमाझ पुर्याउने इको सिस्टममा आधारित स्टार्ट अप हो । जसमा जो कोहीले घरमा खाना बनाउँछ भने उनीहरुले बनाएको खाना ग्राहकसम्म पुर्याउने काम फुडमारियोले गर्दछ । कम्पनीसँग हालसम्म १०० भन्दा बढी सेफ आवद्ध छन भने १ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइसकेका छन् ।

२) अर्बन गर्ल

सन् २०१२ मा निकिता आचार्य र किरन तिम्सिनाले जम्मा २ सय अमेरिकी डलरको लगानी शुरु गरेको ‘अर्बन गर्ल’ का संस्थापक हुुन् । नेपाल स्टार्ट अपको लहर शुरु हुने समयमा शुरु गरेका उनीहरुले शुरुमा फेसन ज्वलेरी र टिसर्ट, वाटर बोतल, मेकअपका सामान, होम केडर तथा इलेक्ट्रिोनिक सामग्रीहरु बिक्री गर्दथे । अहिले उनीहरुको कम्पनीमा ५० भन्दा बढीले रोजगारी पाएका छन् भने काठमाडौं र पोखरामा यसले सेवा दिइरहेको छ । सन् २०१६ मा उनीहरुले व्यवसायलाई विस्तार गर्दै अनलाइनबाटै केक बिक्री गर्न थाले । उनीहरुले गन्डकी डिफ एसोसिएसनसँग मिलेर महिला कर्मचारीहरुलाई जागिर दिन्छन्

३) प्याड २ गो

सुभांगी राना एक इन्जिनियर हुन् भने जेसलिना राना मानवअधिकारवादी अधिवक्ता हुन् । दुबै जना मिलेर सन् २०१८ मा शुरु गरेको ‘प्याड टु गो’ संस्थाले महिनावारी हुँदा प्रयोग हुने प्याड निकाल्न मिल्ने मेसिन विभिन्न स्थानमा राख्दै आएको छ । फोब्र्सका अनुसार उनीहरुले अहिलेसम्म ८० वडा भेन्डिङ मेसिन नेपालका ७ वटै प्रदेशमा राखिसकेका छन् ।

जसमा उनीहरुले विद्यालय। अस्पताल, चलचित्र हल, बैंक तथा विभिन्न कार्यालयमा राखेका छन् । एउटा मेसिनबाट २०० वटा महिलाले प्रयोग गर्न सक्छन् । साथै उनीहरु विभिन्न समयमा यस सम्बन्धि कार्यशाला समेत आयोजना गर्दै अएका छन् । साथै सेनिटरी प्याड उत्पादनमा सहयोग गर्दै सस्तो दरमा उपलब्ध समेत गराउँदै आएका छन् । उनीहरुले स्वीट्जरल्यान्डमा एजीयूएएसएएन वर्कसपमा प्रथम पुरस्कार जित्न सफल भएका थिए भने सिंगापुरमा भएको स्टार्ट अप पिचमा दोस्रो पुरस्कार जित्न सफल भएका थिए ।

४) प्रतिमा शेर्पा

प्रतिमा शेर्पा गल्फ खेलाडी हुन् । उनी नेपालकी पहिलो महिला गल्फ खेलाडी समेत हुन् । नेपाललाई प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय स्तरमा खेल खेल्ने उनी अहिले सान्टा बारबरा सिटी कलेजमा दोस्रो वर्षमा अध्ययनरत छिन् । उनी ११ वर्षको उमेरदेखि गल्फ खेल्न शुरु गरेकी थिइन् ।


क्लिकमान्डु