महालक्ष्मी लाइफका सिइओ भट्टराईले २ महिनाको तलब भत्ता कोरोना कोषमा सहयोग गर्ने



काठमाडौ । महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सरकारलाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सहयोगको घोषणा गरेका छन् ।

उनले कोरोना भाइसर रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्नो २ महिनाको तलब भत्ता दिने घोषणा गरेका हुन ।

बिहिवार प्रेस विज्ञप्ति जारी गर्दै उनले विश्वव्यापी संकटको बेला नेपालीहरुको रक्षाको लागि आफ्नो तर्फबाट सहयोग गर्ने इच्छाले महालक्ष्मी लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको हैसियतले मासिक पाउने २ महिनाको तलब भता बराबरको रकम नेपाल सरकारको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने घोषणा गरेका छन ।

साथै सो रकमको चेक लकडाउन खुले पछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएका हुन् ।


क्लिकमान्डु