कोरोनाका कारण विश्वको सेयर बजार सन् १९८७ यताकै सर्वाधिक खराब अवस्थामा



विश्वभरको सेयर बजार कोरोना भाइरसका कारण ऐतिहासिक खराब अवस्थामा पुगेको छ । नयाँ वर्षको पहिला तीन महिनाको कारोबारको तथ्यांकले ऐतिहासिक खराब अवस्था देखाएको हो ।

कोरोनाका कारण सेयर बजार प्रभावित नहुने कुनै पनि देश छैनन् । द डोउ जोन्स इन्डस्ट्रियल एभरेज र लन्डनको एफटिएसइ १०० ले पहिलो त्रैमासमा सन १९८७ यताकै सर्वाधिक कम कारोबार गरेका छन । उक्त कम्पनीको कारोबारमा क्रमश २३ र २५ प्रतिशतले कमी आएको छ ।

त्यसैगरी एस एण्ड पी ५००को २० प्रतिशतले कमी आएको छ जुन सन २००८ यताको सर्वाधिक कम हो ।

कोरोना भाइरसको संक्रमण फैलन नदिनका लागि अधिकारीहरुले धेरै गतिविधिमा रोक लगाएपछि यस्तो अवस्था आएको हो ।

त्यसैगरी चीनको बृद्धिमा २ प्रतिशत र बेलायतको बृद्धिमा ४.५ प्रतिशत कमी आउन सक्ने आँकलन गरिएको छ । त्यसै गरी इटाली र अन्य कम विकसित देशको अर्थतन्त्र थप भयावह हुने समेत आंकलन गरिएको छ ।

अमेरिकाको केन्द्रिय बैंकले अमेरिकामा बेरोजगारीको दर ३२ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । विश्वब्यापी रुपमा अधिकांश सूचकहरु वर्षको शुरुको तुलनामा २० प्रतिशत भन्दा धेरैले कम रहेका छन । तेलको मागमा कमी र तेल उत्पादकहरुका बीचमा मूल्यको प्रतिस्पर्धाका कारण फाइनान्सियल मार्केटमा समस्या बढेका छन ।

तर पछिल्लो सययमा विभिन्न देशका सरकारले जारी गरेका रेक्क्यु फन्डका कारण पछिल्ला केहि दिनमा सेयर मूल्यमा केहि राहत मिलेको छ । जसका कारण गत मंगलबार एफटिएसइमा करिब २ प्रतिशतको सुधार देखियो भने जर्मनीको ड्याक्स र फ्रान्सको सिएसी ४० मा पनि केहि सुधार देखियो ।

तर अमेरिकाका सूचकहरुमा भने केहि गिरावट देखियो जसमा डाउ १.८ प्रतिशत, एस एण्ड पी ५०० को १.६ प्रतिशत र नास्ड्याक करिब १ प्रतिशतको गिरावट देखियो ।


क्लिकमान्डु