साल्ट ट्रेडिङले चोक चोकमा खाध्यान्न बिक्री गर्ने, १०% सम्म छुट



काठमाडौं । साल्ट ट्रेडिङ कर्पाेरेशनले सहुलियत मूल्यमा खाद्यान्न बिक्रीको सुरु गरेको छ । कर्पोेरेशनले वितरण गर्ने खाध्य सामग्रिमा १० प्रतिशतसम्म छुट पाइने छ ।

सरकारले लागु गरेको लक डाउनको अवधिमा उपभोक्तालाई खाध्यान्न अभाव नहोस भनेर कर्पोरेशनले चोक चोकमा सामान लगेर बेच्न लागेको छ । यो कामको सुरुवात बुधबारबाट नै भइसकेको छ । कर्पोरेशनले काठमाडौं, भक्तपुर र ललितपुरमा नै सामान चोक चोकमा पुगेर बिक्री गर्ने छ ।

कर्पोरेशनले विक्री गरेको सामान प्रति व्यक्ति २ किलोसमम किन्न पाउने छन् । कर्पोरेशनले चिनी, ग्यास, चामल, दाल, नुन, खाने तेल, मैदा,लगायत दैनिक उपभोग्य बस्तुहरू बिक्री गर्ने जनाएको छ । उपभोक्ताले चिनी किन्दा १० प्रतिशत छुट पाउने बताइएको छ ।


क्लिकमान्डु