साना किसान लघुवित्तद्धरा कोरोना रोकथाम कोषमा १० लाख सहयोग



काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले सरकारले स्थापना गरेको कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले स्थापना गरेको कोषमा आफ्नो तर्फबाट १० लाख रुपैयाँ सहयोग रकम जम्मा गराएको बैंकले जानकारी दिएको छ ।

विश्वभर फैलिएको कोरोना भाईरस विरुद्ध राज्य लडिरहेको अवस्थामा विभिन्न संघ संस्थाहरुले सरकारलाई सहयोग प्रदान गरिरहेका छन् । कोरोनाका सम्भावित संक्रमितको परिक्षण, उपचार र रोकथामका लागि सरकारले सरकारी, अर्ध सरकारी, निजी र आम नागरिकलाई कोषमा सहयोग गर्न अनुरोध गरेको छ ।

नेपालमा पनि कोरोना संक्रमित भेटिइसकेको अवस्थामा संस्थाले सबैलाई यसको संक्रमणबाट बच्नका लागि सरकारले जारी गरेका निर्देशन र आव्हानहरुलाई राम्रोसंग पालना गरी सुरक्षित रहन अनुरोध गरेको छ ।

कोरोना संक्रमण नेपालमा पनि भित्रिसकेको अवस्थामा आम नागरिकलाई संक्रमणबाट बचाउन, संक्रमणको नियन्त्रण गर्न र संक्रमितको उपचारका लागि आवश्यक पर्ने आर्थिक संकलनका लागि सरकारले कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषको स्थापना गरेको हो ।


क्लिकमान्डु