एनसेलले बुझायो ४ अर्ब ६० करोड राजस्व, लकडाउनले राजस्व नउठेको बेला सरकारलाई राहत



काठमाडौं । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई ४ अर्ब ६० करोड रुपैयाँ बुझाएको छ ।

एनसेलको स्वामित्व परिवर्तन भएको पूँजीगत लाभकर वापत बुझाउनुपर्ने बक्यौता रकम कम्पनीले ठूला करदाता कार्यालयमा बुझाएको हो ।
सर्बोच्च अदालतले एनसेलले २१ अर्ब १० करोड रुपैयाँ बुझाउनुपर्ने फैसला गरेको थियो ।

जसमा ४ अर्ब ५० करोड पुसमा बुझाएको थियो । कर कार्यालयले एनसेललाई किस्ताबन्दीमा लाभकर बुझाउने सुविधा दिएको थियो । कम्पनीले अब १४ अर्ब ४० करोड रुपैयाँ बुझाउनुपर्ने छ । असार मसान्तसम्ममा एनसेलले सो रकम बुझाउनुपर्छ । यसको लागि एनसेलले बैंकबाट ऋण लिने प्रक्रिया अगाडि बढाएको छ ।

लकडाउनको कारण आर्थिक गतिविधि ठप्प हुँदा राजस्व उठ्ने सम्भावना छैन । लकडाउनको एकसातामा जम्म २ अर्ब रुपैयाँ राजस्व उठेको छ ।


क्लिकमान्डु