विमान व्यवसाय संकटमा पर्दा कतार एयरवेजले थप्यो उडान संख्या र १० हजार सिट



आकाशमा एक दिनमा कति वटा विमान उड्छन होला ? के अनुमान लगाउन सक्नुहुन्छ ? १० हजार, २० हजार वा ५० हजार ?

तर तथ्यांक हेर्ने हो भने हरेक दिन आकाशमा १ सय हजारभन्दा बढी उडान हुन्छन् ।

तर यतिबेला यो संख्या घटेर ५० हजारको आसपासमा झरकेको छ । आकाशमा उड्नु पर्ने संसारका आधाभन्दा बढी विमानहरु यतिबेला ग्राउन्डेड छन् ।

राडरको नक्सामा उडिरहेका विमानले भरिने आकाश अहिले खालीखाली देखिन थालेको छ ।

चीनबाट फैलिन शुरु भएको कोभिड-१९ भनिने कोरोना भाइरसको प्रकोश विश्वव्यापी रुपमा फैलिने क्रम तीव्र भएसँगै नेपाललगायतका कैयन देशले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएका छन् ।

छिमेकी मुलुक भारत र युरोपमा पनि अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्ध लगाइएको छ भने जनवरीदेखि नै विश्वका झण्डै १ सय वटा विमान कम्पनीले चीनमा र चीनमा ट्रान्जिट हुने उडानमा रोक लगाइसकेका थिए ।

विमानहरु उड्नका लागि बनेका हुन् तर यतिबेला धेरै संख्यामा विमानहरु ग्राउन्डेड हुन बाध्य भएका छन् । जसको असर समग्र विश्वको अर्थतन्त्रमा देखिएको छ ।

यतिबेला विमानस्थलका रनवे, ट्याक्सीवेमा पनि विमान पार्किङ गरिरहेको देख्न सकिन्छ । एसिया, युरोपहुँदै अमेरिकासम्म लाखौं विमानहरु पार्किङमै बस्न बाध्य छन् ।

कोरोना भाइरले ल्याएको सोसल डिस्टेन्सिङले गर्दा अहिले उडान भइरहेको विमानहरु पनि खाली उडान गरिरहेका छन् ।

यद्यपि केही राम्रा कुराहरु पनि छन् । जस्तै आपतकालीन समयमा ५१ वर्ष पुरानो डीसीएले सहयोग गर्नका लागि इटलीसम्मको उडान गरेको छ । अमेरिकी संस्था समरितानले सञ्चालन गर्ने डीसीए विमानले २० टन मेडिकल सामग्री र केही स्वास्थ्यकर्मीसहित इटलीसम्म उडान गरेको छ ।

पहिले

अहिले

तर सकारात्मक कुरा अर्को पनि के छ भने यात्रुको संख्या घटे पनि कार्गो विमानको व्यापार भने भइरहेको छ । कैयन देशमा मेडिकल सामग्रीको आपूर्तीका लागि अहिले कार्गो विमानको माग बढीरहेको समेत छ ।

कार्गो विमानको कुरा गर्दा अमेरिकन एयरलाइन्सले सन् १९८४ देखि कार्गो विमान शुरु गरेको हो । केही समय रोकिए पनि अहिले उनीहरुले अमेरिका र युरोपबीच कार्गो सेवा शुरु गरेका छन् ।

यस्तो अवस्थामा कार्गो विमानहरुले यात्रुका क्याविनमा समेत सामान राखेर कार्गो सेवा दिइरहेका छन् । केही साता अघि मात्रै २० लाख मास्क लिएर एयरवसले चीनबाट युरोप पुग्यो ।

कतार एयरलाइन्सले बढायो उडान

सबै विमान कम्पनीहरुले उडान ठप्प जस्तै बनाएका समयमा त्यसको ठीक उल्टो कतार एयरलाइन्सले भने उडान संख्यालाई बढाएको छ । विमानले उडानको संख्या मात्रै बढाएको छैन ।

मार्च २४ तारिखदेखि १० हजार नयाँ सिट समेत थप गरेको छ । अहिले कतार एयरवेजले दोहाबाट पेरिस, पर्थ, डब्लिनमा उडान गरिरहेको छ भने एयरवस ३३० बाट फ्रयांकफट, लन्डन र पर्थका लागि क्षमता पनि बढाएको छ ।

कतार एयरलाइन्स ठूलो नेटवर्क हुने विमान कम्पनीहरुमध्येको एक हो । जसको पहुँच विश्वव्यापी रुपमा नै छ । अहिले पनि ७५ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गरिरहेको छ ।

त्यसैले यतिबेला विदेशमा रहेका नागरिकलाई आफ्नो घरसम्म पुर्याउनका लागि कतार एयरलाइन्सले लाइफलाइनको काम गरिरहेको छ । नेपालबाट पनि ३ वटा उडानमार्फत् जर्मनी र फ्रान्सका साथै युरोपियन नागकिरलाई उद्दार कतार एयरलाइन्सले नै गरेको थियो ।

गत साता जारी गरेको कतार एयरवेजको विज्ञप्तीमा गत सबैभन्दा अकुपेन्सी भनेकै बेलायत, फ्रान्स र जर्मनीमा गर्दा ८० प्रतिशत थियो । कतार एयरलाइन्सले गत ७ दिनभित्रमा १ लाखभन्दा बढी यात्रुलाई गन्तव्यमा पुर्याएको छ ।


क्लिकमान्डु