लकडाउनमा बढ्यो डिजिटल बैंकिङ कारोबार



काठमाडौं । सरकारले लक डाउन पछि डिजिटल बैंकिङ कारोबार बढेको छ । सरकारले बुधबार लक डाउन गरेपछि फिजिकल भन्दा डिजिटल बैंकिङ कारोबार बढेको हो ।

सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकका ग्राहकले लक डाउनको ३ दिनमा नै जनताले बैंकिङ मार्फत करिब १२ अर्ब रुपैयाँ बराबरको कारोबार गरेका छन् । जस मध्ये काठमाडौं उपत्यका वाणिज्य बैंकका ग्राहकले मात्र ४ अर्ब ४४ करोड ६१ लाख रुपैयाँभन्दा मोबाईल बैकिङ र इन्टरनेट बैंकिङ मार्फत कारोबार गरेका हुन् ।

नेपाल बैंकर्स संघका अनुसार बुधबार देखि शुक्रबारसम्म एटिएम, पिओएस, काउन्टर डिपोजिट र व्युद्ड्रल, इन्टरनेट तथा मोबाइल बैंकिङ र अन्य काउन्टर टिएक्सएनएस मार्फत उपत्यका भित्र ८ अर्ब ७ करोड ४१ लाख ७९ हजार रुपैयाँ बराबरको बैंकिङ कारोबार भएको छ । जस आधाभन्दा बढी डिजिटल बैंकिङ मार्फत कारोबार भएको छ ।

उपत्यकामा मात्र लक डाउनको ३ दिनमा ४ अर्ब ४४ करोड ६१ लाख रुपैयाँभन्दा मोबाईल बैकिङ र इन्टरनेट बैंकिङ मार्फत बैंकका ग्राहकले कारोबार गरेका हुन् ।

साथै उपत्यका बाहिर ३ अर्ब ८६ करोड ८३ लाख ८१ हजार रुपैयाँ बराबरको बैंकिङ कारोबार भएको छ । जसमा संघले मोबाईल र इन्टरनेट बैंकिङको विवरण भने समावेस गरेको छैन ।

‘लकडाउन अघिको यकिन तथ्यांक त मसँग भएन तर लकडाउन भएसँगै डिजिटल कारोबार उल्लेख्य मात्रामा बढिरहेको छ,’ लक्ष्मी बैंकका सीइओ अजयबिक्रम शाहले क्लिकमाण्डूसँग भने ।

यसअघि पनि बैंकहरुले डिजिटल बैंकिंगलाई फोकस गरेका थिए । तर, ग्राहकहरु त्यतिधेरै अभ्यस्त भएका थिएनन् । अब डिजिटल कारोकार गर्नुपर्छ भन्ने जनचेतना फैलिएको शाहले बताए । 


पुष्प दुलाल