निजी विद्यालयले एक महिनाको शुल्क लिन नपाउने

क्लिकमान्डु २०७६ चैत १६ गते २१:३३ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरसका कारण उत्पन्न समस्यालाई सम्बोधन गर्न सरकारले निजी विद्यालयले एक महिनाको शुल्क मिनाह गर्ने निर्णय गरेको छ ।

सरकारले कोभिड १९ का प्रभावितहरुलाई राहत प्याकेज घोषणा गर्दै विद्यालयले एक महिनाको शुल्क लिन नपाउने निर्णय गरेको हो ।

निजी विद्यालयले माध्यमिक तहसम्मकाे एक महिनाको शुल्कमध्ये आवास शुल्कबाहेक अन्य सबै शुल्क छुट दिने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

आइतबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले उक्त जानकारी दिए ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स