
काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौंका मेयर बालेन्द्र शाह बालेनसँग एकता हुने विषयमा संवाद अघि बढिरहेको बताएका छन्।
आज बिहान मेयर बालेनसँगको भेटवार्तापछि सञ्चारकर्मीको जिज्ञासामा मन्त्री घिसिङले छलफल जारी रहेको र प्रगति उन्मुख भएको संकेत गरेका हुन्। घिसिङ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
एकताको विधि पुर्याएर सबैको सम्मानजनक रुपमा उपस्थिति हुने गरी एकता हुने उनले बताए ।
आज बिहान मेयर बालेनले मन्त्री कुलमानलाई भेटेर आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणासहित एक भएर सहभागी हुन रास्वपाबाट आएको प्रस्तावका विषयमा ब्रिफिङ गरेका थिए।
स्रोतका अनुसार जवाफमा कुलमानले भने, ‘अहिले हामी आन्तरिक छलफलमा छौँ, त्यसबाट निष्कर्ष निस्किएपछि निर्णय दिन्छु।’








प्रतिक्रिया