
काठमाडौं । उद्यमी बन्ने चाहना राख्नुभएका वा नयाँ व्यवसाय सुरु गर्ने सोचमा हुनुहुन्छ तर उद्योग स्थापना, प्रडक्ट विकास र कामदार व्यवस्थापनजस्ता जटिल प्रक्रियाले अन्यौलमा पर्नुभएको छ ? यस्ता समस्याको समाधान लिएर ‘यशवीर इन्टरनेसनल’ बजारमा आएको छ।
शुक्रबारदेखि काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्यांकेटमा सुरु भएको पहिलो कस्मेटिक तथा ब्यूटी एक्स्पो ‘कस्मेटिका २०२५’ मा यशवीर इन्टरनेसनलको स्टल विशेष आकर्षणको केन्द्र बनेको छ।
एक्स्पोमा सहभागी व्यवसायी तथा भिजिटरहरूले कम्पनीले प्रदान गर्ने सेवाप्रति उल्लेखनीय चासो देखाएका छन् र इन्क्वायरीको चाप पनि उच्च रहेको कम्पनीका बजार प्रमुख ईश्वर रिजालले जानकारी दिए।
विशेषगरी सौन्दर्य सामग्री (ब्यूटी प्रडक्ट) क्षेत्रमा सक्रिय कम्पनीले व्यवसायीको आवश्यकता अनुसार नाम, ब्रान्ड र डिजाइनमै आधारित प्रडक्ट उत्पादन गरेर उपलब्ध गराउँदै आएको छ।
यस सेवामार्फत व्यवसायीले उद्योग स्थापना, अनुसन्धान तथा विकास र कामदार व्यवस्थापनको झन्झट बेहोर्नु पर्दैन। फलस्वरूप, उनीहरूले आफ्नो ब्रान्ड निर्माण र प्रडक्ट प्रवर्द्धनमा मात्र ध्यान केन्द्रित गर्न सक्ने र छोटो समयमै ब्रान्ड स्थापित गर्दै उच्च लाभ लिन सक्ने रिजालले बताए।
कम्पनीले व्यवसायीको मागअनुसार उच्च गुणस्तरका कस्मेटिक उत्पादन तयार पार्ने भएकाले आफ्नै ब्रान्ड वा प्रडक्टप्रति गर्वका साथ स्वामित्व लिन सकिने उनको भनाइ छ। यशवीर इन्टरनेसनलले गहिरो विशेषज्ञताका साथ स्किन केयर, हेयर केयर, अत्तर, दन्त तथा व्यक्तिगत हेरचाहसम्बन्धी विभिन्न प्रडक्टहरू उत्पादन गर्दै आएको छ।
प्रडक्टको अवधारणादेखि अन्तिम उत्पादनसम्म कम्पनीले बजार प्रवृत्ति, नियामक मापदण्ड र उपभोक्ताको अपेक्षालाई ध्यानमा राखेर काम गर्ने रिजालले बताए ।
गुणस्तर, नवीनता र पारदर्शिताप्रतिको प्रतिबद्धताकै कारण यशवीर इन्टरनेसनल कस्मेटिक क्षेत्रमा अग्रणी कम्पनीको रूपमा स्थापित भएको उनको दाबी छ। आइतबारसम्म चल्ने ‘कस्मेटिका २०२५’ एक्स्पोमा कम्पनीका सेवासम्बन्धी विस्तृत जानकारी लिन सकिने रिजालले जानकारी दिए।








प्रतिक्रिया