टेस्लाले कोरोना उपचारका लागि न्यू योर्कमा सयौ भेन्टिलेटर सहयोग गर्ने



काठमाडौं । कोरोना भाइरसले अमेरिकामा निकै ठुलो रुप लिएपछि टेस्ला कम्पनीले भेन्टिलेटर सहयोग गर्ने भएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले न्यू योर्कमा सयौ भेन्टिलेटर सहयोग गर्ने प्रतिवद्वता जनाएका छन् । टेस्ला कम्पनीले उक्त भेन्टिलेटरहरु अमेरिकाद्वारा स्वीकृत प्रदान गरिएका चीनका उत्पादक कम्पनीबाट खरिद गर्ने भएको हो ।

सयौ भेन्टिलेटर सहयोग गरेकोमा न्यु योर्कका मेयर विल दि ब्लासियोले टेस्ला कम्पनीलाई धन्यबाद व्यक्त गरेका छन् ।

उक्त भेन्टिलेटरहरु न्यू योर्क सहरका विभिन्न हस्पिटललाई दिइने बताइएको छ । अमेरिकामा रहेका विभिन्न राज्यमध्ये सबैभन्दा धेरै कोरोना संक्रमित न्यू योर्क शहरमा रहेको बताइएको छ । उक्त राज्यमा मात्र करिब साढे पाँच सय जनाको कोरानाका कारण मृत्यु भइसकेको छ ।

कोराना संक्रमितहरुलाई श्वासप्रश्वासमा निकै समस्या हुनेहुँदा उपचारका लागि भेन्टिलेटर निकै महत्वपुर्ण हुने स्वास्थ्य विज्ञहरुले बताएका छन् ।

कोरोना नियन्त्रण गर्न नसकेपछि अमेरिका अहिले विश्वको सबैभन्दा धेरै कोरोना संक्रमित हुने देश बनेको छ । अमेरिकाको न्यू योर्कमा कोरोना संक्रमितहरुको उपचारका लागि ३० हजार भेन्टिलेटर आवश्यक भएको त्यहाँका मेयरले एजेन्सीहरुलाई बताएका छन् ।


क्लिकमान्डु