अर्थमन्त्रीलाई राधा पोखरेलको सुझाब: सेयर बजार बचाउनोस्, साना लगानीकर्ता लुटिन नदिनुस्



काठमाडौं । छिमेकी देश चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस संसारभरि फैलिरहेको छ । कोरोना महामारीले संसार आतंकित बनेको छ । विश्व स्वास्थ्य संगठन पनि यो विषयलाई लिएर निकै चिन्तित बनेको छ ।

संसारमा मान्छेका लागि स्वास्थ्यभन्दा ठूलो कुरा अरू केही हुन सक्दैन । त्यसको लागि मानिसले अपनाउने सावधानी महत्वपूर्ण विषय हो ।

संसार कोरोना विरुद्ध लडिरहेको बेला थोरै भारतीय सेयर बजारको कुरा गरौं । कोभिड–१९ को आक्रान्त खेपिरहेको समयमा हिँजो भारतीय सेयर बजारमा उछाल आयो ।

कोरोना भाइरसले भारतभर करिब १९ जनाको मृत्यसँगै झण्डै ६०० को नजिक सक्रमित भएको भारतमा भारतीय सेयर बजारमा तेजिलो संकेत देखिएको छ ।

गत जनवरी २० मा ४२,००० भन्दा बढी पुगेर बन्द भएको सेन्सेक्स त्यसलगत्तै अधोगति तय गर्दै झण्डै ४३ दिन अर्थात् मार्च २४ मा २५,००० को लाईनमा आएको थियो । यसबाट भारतीय र तेस्रो मुलुकका लगानीकर्ताले सोच्दै नसोचेको अर्बौ डलर गुमाउन पुगे ।

कोभिड–१९को औषधी पत्ता नलागेजस्तो सेयर बजारको भोलिको चाल कस्तो हुन्छ भनेर पत्ता लगाउन अहिलेसम्म कसैले सकेका छैनन् । न कि त्यस्तो कुनै उपकरण नै बनेको छ ।

नेपाली सेयर बजारलाई केही ठूला लगानीकर्ताले जसले नेप्सेको सेमिबुल अर्थात १६०० माथि ईन्डेक्स पुयाएर बेचेर बसेका छन् । तिनले बजारलाई १००० भन्दा तल झारी सोझासाझा लगानीकर्तालाई अत्याई उनीहरुको सेयर कौडीको भाउमा खरिद गर्ने जमर्को गरिरहेका छन् । यसबाट नयाँ, साना तथा सोझा लगानीकर्ताको बिल्लिबाठ हुने निश्चित प्रायः छ ।

यद्यपि भारतमा यति छोटो समयमै यसरी बजार समालिन्छ भन्नेहरुको खडेरी नै परेको थियो । केही दिनअगाडि एकैदिनमा झण्डै ५००० अंक सम्मको भोलाटिलिटी भएको मार्केटमा यसै हुन्छ भनेर अनुमान लगाउनु काबुभन्दा बाहिरको बिषय थियो ।

जब जब देशमा अकल्पनीय संकट आइलाग्छ, त्यो बेलामा सरकारले अभिभाबकत्वको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । उदारहणका लागि सन् २०१७ को डिसेम्वर ताका चिनियाँ सेयर बजारमा भारी गिरावट आयो ।

छोटो समयमा कैयन लगानीकर्ताले बजारबाट हात धुने स्थिति आयो । तर यो स्थिति त्यहाँको कम्यूनिष्ट सरकारले रहन दिएन । तुरुन्त नेशनल टिम खडा गरी सेयर बजारको सुचांक ४५०० सम्म नपुगुन्जेल खरिद मात्रै गरिरहनु भन्ने फरमान जारी गर्यो । नभन्दै ३१ कार्य दिनमै बजार समालिएर सरकारले भनेको अंकभन्दा माथि रहेर बजार बन्द भयो ।

करिब यस्तै परिघटना हिँजोको भारतीय सेयर बजारमा समेत देख्न पाइयो । त्यहाँका वित्त मन्त्री निर्मला सितारमणले ठूलो राहत प्याकेज ‘गरिब जनता राहत प्याकेज घोषणा’ गरे सँगै बजारमा तेजी महसुश भयो ।

किनकी अब यो २१ दिनको लक डाउनबाट भरतीय अर्थतन्त्रमा नराम्रो असर पर्ने हुँदा छिट्टै नै सरकारले यहाँका उधोगीहरुलाई पनि राहत प्याकेजको घोषणा हुन्छ भन्ने आँकलनका साथ बजार तेजी रफ्तारमा अगाडि बढ्यो । संकटको बेलामा नजिकका २ ठूला छिमेकी मित्रराष्टहरुबाट बिगत र वर्तमानमा भए गरेको कामको फेहरिस्ता सबैले अध्ययन गर्न आवश्यक छ ।

धमिलो पानीमा माछा मार्न पल्केका सीमित घरानाका लगानीकर्ता जो इन्डेक्स १००० मुनि झार्न न्वारानदेखिको बल लगाएर बसेका छन्, यीनिरुको पनि घैंटामा घाम लाग्ने छ । र, बिचरा साना, नयाँ तथा सोझा लगानीकर्ताको बजारबाट हात धोइने थिएन ।

अब नेपाली र नेपालको सेयर बजारलाई जोगाउन सरकारले के गर्नुपर्ला ? भनेर विचार मन्थन गर्दा हाम्रो जीवनकालको सबैभन्दा ठूलो विपत्ती र महाविनासले थिलथिलो बनेको देश बल्लतल्ल तंग्रिँदै गर्दा फेरि हामीले अर्को विपत्तीको सामना गर्नुपरेको छ

छिमेकी देश चीनको वुहानबाट उत्पत्ति भएको कोरोना भाइरस संसारभरी फैलिरहेको छ । कोरोना महामारीले संसार आतंकित बनाएको छ । संसार कोरोनाविरुद्ध युद्ध लड्दैछ । संसारमा मान्छेको लागि स्वास्थ्यभन्दा ठूलो कुरा अरू केही हुन सक्दैन ।

देश यस्तो विषम परिस्थितिमा अल्झिरहेको बेला दैनिक ज्यालामजदुरीको भरमा बाँचिरहेका परिवारलाई बिहान बेलुकाको छाक टार्न मुस्किल भएको छ । कहिले शीतलहरले, कहिले भूकम्पले, कहिले आँधीहुरी त कहिले झाडापखालाले दिनदिनै ज्यान गुमाइरहेका ती निरपेक्ष गरिबीको रेखामुनि बाँच्न बिवश पीडितहरुको सहयोगको लागी सरकार सँग अपिल गर्दछु । सरकार भनेको नागरिकको अभिभावक हो । उसले अभिभावकत्व दिनसक्नुपर्छ ।

संसार कोरोना विरुद्ध युद्ध लड्दैछ । आजको संसारमा कुनै पनि देश निर्जन टापू बनेर बाँच्न सक्दैन । बैश्वीकरण आजको संसारको चरित्र हो ।

संसारको कुनै ठूलो देशमा संकट आयो भने त्यसको प्रत्यक्ष परोक्ष असर संसारभर पर्छ । रेमिट्यान्समा बाँचेको हाम्रो देशमा खाडी मुलुकहरूले उडान बन्द गर्नेबित्तिकै त्यसको असर आर्थिक क्षेत्रमा देखापर्न थालिसक्यो ।

आयातमुखी अर्थतन्त्र भएको हाम्रोजस्तो देशमा अहिलेदेखि नै राम्रो तयारी नगर्ने हो भने भोलि हामी कसैले कल्पना नै नगरेको संकट आउनसक्छ । कोरोना संक्रमित देशहरूबाट सरकारले बेलैमा सिकेर आवश्यक पूर्वतयारी गर्नु जरुरी छ ।

अझै भन्नुपर्दा देशको अर्थतन्त्रको सुचक मानिने सेयर बजार अहिले आम लगानीकर्ताको चासोको बिषय पनि यहि छ ।

म अर्थशास्त्रको विद्यार्थी नभए पनि मेरो अनुभव, भोगाई र बुझाईबाट सरकारलाई अझ भनौ विशेषत अर्थमन्त्री डा. युवराज खतिवडा समक्ष नेपाली सेयर बजारलाई केही ठूला लगानीकर्ताले जसले नेप्सेको सेमिबुल अर्थात १६०० माथि ईन्डेक्स पुयाएर बेचेर बसेका छन् । तिनले बजारलाई १००० भन्दा तल झारी सोझासाझा लगानीकर्तालाई अत्याई उनीहरुको सेयर कौडीको भाउमा खरिद गर्ने जमर्को गरिरहेका छन् ।

यसबाट नयाँ, साना तथा सोझा लगानीकर्ताको बिल्लिबाठ हुने निश्चित प्रायः छ । कोभिड–१९ ले अत्याईरहेको र कहिलेसम्म लकडाउन रहन्छ भनेर अनुमान गर्न नसकिएको बर्तमान परिस्थितीमा बजारलाई रोक्नु आफैमा स्वागत योग्य कदम त हुँदै हो ।

अर्थमन्त्रीज्यूलाई यहीबाट नै म के अनुरोध गरौं भने यस्तो बिषम परिस्थितीमा अर्थतन्त्रको सुचक मानिने सेयर बजार जोगाउनु तपाईंको दायित्व र कर्तव्य हुन जान्छ । मुलुकले यस्तो जर्जर अवस्थालाई स्वीकारीरहेको बेला तपाईंबाट सेयर बजार बचाउन लगानीकर्ताले सोचेभन्दा एक कदममाथि उठेर निर्णय गर्नु पर्ने बेला आएको छ ।

२०७२ सालको भुईँचालपछि पनि हाम्रो सेयर बजार १ महिना बन्द गरिएको थियो । एक महिना बन्द भएर खोलिएको बजारमा ४ कार्यदिन दैनिक रुपमा २५ अंकले बजारमा गिरावट आयो । र, बजार सम्हालियो ।

त्यसपछिका कारोबारहरुबाट आम लगानीकर्ताले राहत महशुस गरे, किनकी म्याचुल फण्डहरुले मुद्दतीमा पैसा राखेर ब्याज खान पाइन्न भन्दै सेयर बजारमा पैसा लगाउन सरकारले भित्री सूचना जारी गरेको थियो ।

अर्थमन्त्रीज्यूलाई यहीबाट नै म के अनुरोध गरौं भने यस्तो बिषम परिस्थितीमा अर्थतन्त्रको सुचक मानिने सेयर बजार जोगाउनु तपाईंको दायित्व र कर्तव्य हुन जान्छ ।

मुलुकले यस्तो जर्जर अवस्थालाई स्वीकारीरहेको बेला तपाईंबाट सेयर बजार बचाउन लगानीकर्ताले सोचेभन्दा एक कदममाथि उठेर निर्णय गर्नु पर्ने बेला आएको छ ।

जस्तै खर्भरै दर्ता भई संचालनमा नआइ सकेको ‘नागरिक बजार’मा नागारिक लगानी कोषले १० प्रतिशत जति फन्ड छुट्याई सस्तोमा सेयर किन्नुले बजार यो बिन्दुभन्दा तल नआओस् भन्न सकिन्छ । त्यसछि एक थरी धमिलो पानीमा माछा मार्न पल्केका सीमित घरानाका लगानीकर्ता जो इन्डेक्स १००० मुनि झार्न न्वारानदेखिको बल लगाएर बसेका छन्, यीनिरुको पनि घैंटामा घाम लाग्ने छ । र, बिचरा साना, नयाँ तथा सोझा लगानीकर्ताको बजारबाट हात धोइने थिएन ।

अर्थमन्त्रीज्यू तपाईंले केही महिना पहिला एक कार्यक्रमको उद्घाटन गर्ने क्रममा अभिब्यक्त गरेको एक वाक्यांश जस्ताको त्यस्तै राख्न चाहन्छु ‘तपाईहरु जो सेयर बजारमा लगानी गर्न चाहनुहुन्छ एक लाख लिएर बजारमा छिर्नुस् दालभात खान पुग्ने कमाई आउँछ । हामी सेयर बजारमैत्री नीति नियमहरु फास्ट ट्यााकबाट बनाएर लागु गर्दैछौ ।’

तपाईंको यो अभिव्यक्तिपछि मैले पनि कैयन नयाँ लगानीकर्तालाई बजारमा आउन सल्लाह दिएँ । अर्थमन्त्रीज्यू, पछिल्लो समयमा लगानीकर्ताले तपाईंसँग धेरै ठूलो अपेक्षा गरिरहेका छन् ।

१६ लाखभन्दा बढी ती निमुखा लगानीकर्ताको भविष्य तपाईको हातमा छ । यहाँले २ बर्ष पहिला भृकुटीमन्डपको एक्पोमा भनेको कुरा पनि मैले सम्झिरहेको छु ।

‘पूँजी बजार कसैले हजारभन्दा मुनि पुर्यायर क्र्यास गराउँछु भनेर पनि नसोचोस् र बजार २ हजारभन्दा मािथ पुर्याएर लुट्छु भनेर पनि नसोचोस्,’ यी अभिव्यक्ति पनि मैले बिर्सेकी छैन । त्यसैले हजुरले बजार खोल्ने दिनमा नै केही ठूला फन्डहरुलाई बजार नियन्त्रण गर्नको लागि भनिदिए मात्रै पनि बजार सम्हालिने छ । नत्र हाम्रो सेयर बजार केही बर्ष उठ्नै नसक्ने गरी थिलथिलो हुने निश्चित प्रायः छ । जो तपाईंकै मर्जी ।


पुष्प दुलाल