चीनको ध्यान आयातित कोरोना भाइरस रोकथाममा, विदेशीलाई प्रतिबन्ध



काठामाडौ । विदेशबाट आउने मानिसमा कोरोना देखिएपछि चीनले सम्पुर्ण आगन्तुकहरुलाई रोक लगाएको छ ।  चीनले भिसा भएका वा रेसिडेन्ट परसिम भएका सबैलाई अस्थाई रुपमा प्रवेशमा रोक लगाएको हो ।

कोरोना नियन्त्रणका लागि चीनले चीनियाँ र विदेशी एयरलाइन्सहरुलाई प्रतिहप्ता एउटा उडानमात्र गर्न दिने नियम बनाएको छ । साथै उडानका बेला विमान ७५ प्रतिशत मात्र भरि हुन पाउनेछन ।

चीनमा कोरोना नियन्त्रण भएपनि अन्य देश गएर आउनेहरुमा पुन कोरोना देखिएपछि चीन थप सर्तक भएको छ । बिहीबार चीनमा ५५ वटा कोरोनामा नयाँ बिरामी देखिएकोमा ५४ जना विदेशबाट फर्केका थिए ।

चीनको परराष्ट्र मन्त्रालयले कोरोना विश्वव्यापि फैलिएका कारण सबै बिदेशीहरुलाई आगमनमा रोक लगाउने निर्णय गरेको हो ।

उक्त नियम कुटनिनिक नियोेगका पदाधिकारीहरु र सी भिसाहुनेहरुमा लागु हुनेछैन । त्यसैगरी आकस्मिक मानविय सहयोग गर्नेहरुले भने प्रवेशका लागि आबेदन दिन सक्नेछन ।


क्लिकमान्डु