जर्मन सरकारले नेपालमा रहेका आफ्ना नागरिकलाई २ वटा विमानमार्फत लैजाने



काठमाडौं । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्न सरकारले लकडाउन गरेसँगै रोकिएका आफ्ना नागरिकको उद्दार गर्ने भएको छ । यसका लागि नेपालस्थित जर्मन दूतावासले शुक्रबार र शनिबार गरी २ वटा विमान बुक भइसकेको समेत जानकारी दिएको छ ।

कतार एयरवेजका २ वटा विमानमार्फत् जर्मनीले नेपालमा रहेका आफ्ना नागरिक उद्दार गर्नेछ । उसले युरोप फर्कन चाहनेहरुले सम्पर्क राख्न आग्रह समेत गरेको छ । यसका लागि इच्छुकले जर्मन एम्बेसीको वेवसाइटमा गएर फारम भर्न समेत आग्रह गरेको छ ।


क्लिकमान्डु