चीनबाट १ लाख थान पीपीई आउने



काठमाडौं । चीनबाट १ लाख थान कोरोना भाइरसको संक्रमितको उपचारको प्रयोगको लागि प्रयोग हुने पर्सनल प्रोटेक्सन इक्विपमेन्ट (पीपीई) आउने भएको छ । चीनका व्यापारीले १ लाख थान पीपीई दिन तयार सन्देश दिएका छन् । सो अनुसार सरकारले यो ल्याउने प्रक्रिया सुरु गरेको छ ।

नेपाल फ्रेट फरवार्ड एशोसियनका अध्यक्ष प्रकाशसिंह कार्कीले पीपीई भित्राउनको लागि आवश्यक पर्ने सहयोग गर्न आफुहरु तयार रहेको जानकारी दिए ।

कोरोना भाइरसको उपचार गर्न डाक्टरलाई पीपीईको अभाव रहेको छ । जसको कारण संक्रमितको उपचार गर्ने डाक्टर नै जोखिममा पर्ने खतरा हुन्छ ।


क्लिकमान्डु