बेलायती राजकुमार चार्ल्सलाई पनि कोरोनाको संक्रमण भएको पुष्टि



बेलायतका प्रिन्स चाल्र्समा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको छ । बुधबार परीक्षणका क्रममा उनमा संक्रमण देखिएको हो ।

७१ वर्षका उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको त्यहाँका सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

साथै उनकी पत्नी केमिलालाई पनि आइसोलेसनमा राखिएको छ । बेलायतमा हालसम्म् ४२२ जनामा कोरोना भाइरसको संक्रमणबाटे मृत्यु भइसकेको छ भने ८ हजारभन्दा बढीमा पुष्टि भइसकेको छ ।

हालसम्म विश्वभर १९४ देशमा कोरोना भाइरस फैलिसकेको छ भने जसबाट १९ हजार जना मानिसको मृत्यु भइसकेको छ । नेपालमा पनि हालसम्म ३ जनामा यो रोगको संक्रमण देखिएकोमा १ जना निको भइसकेको अवस्था छ भने बाँकी २ जनाको उपचार भइरहेको छ । –एजेन्सी


क्लिकमान्डु