नेपालमा कोरोना संक्रमित तेस्रो व्यक्ति भेटिए



काठमाडाैं । नेपालमा कोरोना संक्रमित तेस्रो व्यक्ती भेटिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार तेस्रो व्यक्ति भेटिएको पुष्टि भएको हो ।

शुक्रराज ट्रपिकल अस्पताल टेकुले फेरि एकजनामा कोरोना पोजेटिभ देखिएको जनाएको छ । अस्पतालका सुचना अधिकारी राजेशकुमार गुप्ताका अनुसार यो तेस्रो पोजेटिभ नमू्ना हो।

हालसम्म ६८७ जनाको नमूना परीक्षण गरिएकोमा ३ जनामा पोजेटिभ देखिएको हो । यसअघि पोजिटिभ देखिएका एक जना निको भइसकेका छन् । साथै एक जना १९ वर्षे युवतीमा पनि चैत ९ गते पुष्टि भएको थियो ।


क्लिकमान्डु