मोबाइल भ्यानबाट दैनिक उपभोग्य सामग्री घरघरमा पुर्याउने तयारी
काठमाडौं । सरकारले लकडाउनको समयमा दैनिक उपभोग्य वस्तुको सहज आपुर्तिका लागि मोबाइल भ्यान मार्फत आपूर्ति गर्ने भएको छ ।
त्यसको तयारी भइरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जानकारी दिए ।
उनले काठमाडौंमा १५ वटा, ललितपुर र भक्तपुरमा ७÷७ वटा दरले मोबाइल भ्यानमार्फत दाल, चामल, चिनी, पिठो तथा अन्य तरकारीजन्य पदार्थ उपलब्ध गराउने तयारी थालेको छ ।
चीनमा समेत सरकारले नागरिकलाई सहज रुपमा दैनिक उपभोग्य वस्तु पुर्याउन त्यस्तै व्यवस्था गरेको थियो ।
यस्तै मन्त्री भट्टले कुनै अत्यावश्यकीय सामग्रीको आवश्यक परे मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन नम्बर ११३७ मा फोन गर्न समेत आग्रह गरे । उनले यस सम्बन्धी थप निर्णय बुधबार हुने समेत जानकारी दिए ।
यस्तै उनले दैनिक उपभोग्य वस्तुको अनावश्यक भण्डारण नगर्न तथा अनावश्यक रुपमा भीभाड नगर्न समेत आग्रह गरे ।