नेपाल टेलिकमले लकडाउन अवधिभर लाइन नकाट्ने, जरिवाना पनि मिनाहा गर्ने



काठमाडौं । नेपाल टेलिकमले लकडाउन भएको अवधिभर बिल बुझाउने अवधि सकिएका ग्राहकलाई सहुलियत दिने भएको छ ।

जस अनुसार कम्पनीका एडीएसएल तथा एफटीटीएच सेवाहरु ग्राहकवर्गलाई निरन्तर उपलब्ध गराउ यस अवधिमा समयावधि सकिएका लाइनको म्याद लकडाउन अवधिभरका लागि थप हुनेछ ।

साथै कम्पनीका ल्याण्डलाइन टेलिफोन सेवाको महशुल भुक्तानी नभएको खण्डमा लगाउने गरिएको जरिवाना यस लकडाउन अवधिभरको लागि मिनाहा गरिने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए ।


क्लिकमान्डु