कोरोनाको प्रभावः डलरको भाउ अहिलेसम्म कै उच्च



काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रभाव डलरमा देखिएको छ । अमेरिकी डलर अहिलेसम्म कै उच्च बिन्दूमा पुगेको हो ।

राष्ट्र बैंकले तोकेको विदेशी विनिमयदर अनुसार १ अमेरिकी डलर बिक्रीदर १ सय २२ रुपैयाँ ३४ पैसा र खरिददर १ सय २१ रुपैयाँ तोकिएको छ ।

नेपाली मुद्रा भारतिय मुद्रासँग निर्भर रहेको हुँदा भारु कमजोर हुदाँ नेरु पनि कमजोर हुन्छ । हाल डलरको तुलनामा भारु कमजोर भएर १ अमेरिकी डलर बराबर भारु ७६ पुगेको छ ।

यस्तै राष्ट्रका अनुसार मंगलबार १ अष्ट्रेलियन डलरको बिक्रीदर ७० रुपैयाँ ११ पैसा, युके १ पाउण्डको बिक्रीदर १४० रुपैयाँ ८० पैसा, क्यानाडा १ डलरको बिक्रीदर ८४ रुपैयाँ ८२ तोकिएको छ ।

यस्तै, एक युएई दिरामको बिक्रीदर ३३ रुपैयाँ ३१ पैसा, १ साउदी रियालको बिक्रीदर ३२ रुपैयाँ ५८ पैसा, १ कुवेती दिनारको बिक्रीदर ३ सय ९१ रुपैयाँ र ५५ पैसा र कतारी १ रियालको बिक्रीदर ३३ रुपैयाँ ३३ पैसा तोकिएको छ ।


क्लिकमान्डु