कोरोना भाइरस कोषमा कांग्रेसका संघीय सदस्यले १५ दिनको पारिश्रमिक दिने



काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलले सरकारद्वारा स्थापना गरिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण उपचार कोषलाई सहयोग गर्ने भएको छ ।

कोषले विज्ञप्ती जारी गर्दै कांग्रेसका संघीय संसदमा प्रतिनिधित्व गर्ने सदस्यहरुको १५ दिनको पारिश्रमिक (तलब) बराबरको रकम  दिने निर्णय गरेको जनाएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोगको संक्रमणलाई फैलन नदिन तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले एक हप्ताको लागि देशभर लक डाउन गर्ने निर्णय सकारात्मक काँग्रेसको भनाई छ ।

सरकारको यो निर्णयलाई पूर्ण रुपले पालन गर्न सबै नेपालीलाई आग्रह समेत गरेको छ । लक डाउनको अवस्थामा दैनिक श्रम गर्दै जीवन निर्वाह गर्ने श्रमिकहरुलाई जीवनयापन गर्न कठिनाई हुने भएको हुँदा श्रमिकहरुलाई सहजरुप खाद्यान्न उपलब्ध गराउने व्यवस्थाका लागि काँग्रेसले सकारसँग आग्रह गरेको छ ।


क्लिकमान्डु