माछापुछ्रे बैंकको सीइओमा सन्तोष कोइराला नियुक्त



काठमाडौं । माछापुछ्रे बैकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सन्तोष कोइराला नियुक्त भएका छन् ।

सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले कोइरालालाई बैसाख १ गतेदेखि लागू हुने गरी सीइओमा नियुक्ती गरेको हो ।

गत चैत २ गतेदेखि कोइराला कामू सीइओ भइ जिम्मेवारी सम्हालेका थिए ।

२ दशकभन्दा बढी बैंकिङको अनुभव भएका कोइराला बैंकको डेपुटी सीइओका रुपमा कार्यरत थिए । तत्कालीन सीइओ सुमन शर्माले राजीनामा दिएपछि कोइराला कामू सीइओ हुँदै सीइओमा नियुक्त भएका थिए ।


क्लिकमान्डु