नागरिक लगानी कोष स्टक डिलर सञ्चालनमा जुट्यो, कार्यालय खोज्दै



काठमाडौं । नागरिक लगानी कोषले नागरिक स्टक डिलर कम्पनी सञ्चालनमा जुटेको छ । कोषले नागरिक स्टक डिलर कम्पनी सञ्चालनमा ल्याउनको लागि कार्यालय प्रयोजनका लागि घर भाडामा लिनको लागि सूचना जारी गरेको छ ।

कोषले सोमबार सूचना जारी गर्दै करिव १ हजार ४ सय वर्गफिट क्षेत्रफल भएको घर वा फ्ल्याट चाहिएको जनाएको छ । कोषले जारी गरेको सूचना अनुसार कोषको केन्द्रिय कार्यालय, नयाँ बानेश्वरको ५ सय मिटर सम्मको क्षेत्रभित्र कार्यालयको आवश्यकता रहेको भन्दै इच्छुक घरधनी व्यक्ति वा संस्थाले सिलबन्दी प्रस्ताव गर्न आग्रह गरेको छ ।

कोषले कति भाडादर (कर समेत)मा कति बर्षका लागि के कस्तो शर्तमा भाडामा दिने हो विस्तृत विवरण खुलाई व्यक्तिको हकमा नागरिकताको प्रमाणपत्र तथा संस्थाको हकमा संस्था दर्ता प्रमाणपत्र, हकभोगको प्रमाण, घरको नक्सा, नक्सा पास प्रमाणपत्र, कर तथा तिरो तिरेको निस्सा समेतका काजातहरूको प्रमाणित प्रतिलिपि सहित ७ दिनभित्र प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।

कोषका अनुसार प्रस्ताव पेश गर्नको लागि कार्यालय समयभित्र नागरिक लगानी कोषको केन्द्रीय कार्यालय (प्रशासन महाशाखा) नयाँ बानेश्वर, काठमाडौंमा सिलबन्दी प्रस्ताव पेश गर्न समेत आग्रह गरेको छ ।


क्लिकमान्डु