पूर्वअर्थसचिव रामेश्वर खनालले एक महिनाको पेन्सन सरकारी कोषमा दिने
काठमाडौं । पूर्वअर्थसचिव रामेश्वर खनालले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले बनाएको कोषमा एक महिनाको पेन्सन दिने निर्णय गरेका छन् ।
मन्त्रीपरिषद्को आइतबार बसेको बैठकले कोरोना भाइरसको नियन्त्रण गर्नको लागि ५० करोडको फण्ड बनाउने निर्णय गरेको थियो । त्यसमा प्रधानमन्त्री तथा मन्त्रीहरुले एक महिनाको तलब दिने छन् । कोषमा स्वतफुर्त रुपमा रकम जम्मा गर्न सरकारले आह्वान गरेको छ ।
सरकारी कोरोना कोषमा चैत महिनाको मेरो मासिक निवृत्तिभरण रु ४१,७३१ जम्मा गर्ने घोषणा गरें। इसेवाबाट जम्मा गर्न मिल्ने गराइदिए, आजै जम्मा गर्न सक्थें। यस्को प्रयोग रोजगरी गुमाएका दैनिक ज्यालादारीमा काम गर्नेलाई राहत दिन प्रयोग गरिदिए हुन्थ्यो🙏
— Rameshore Khanal (@rameshore) March 23, 2020
सरकारी कोरोना कोषमा चैत महिनाको मेरो मासिक निवृत्तिभरण ४१ हजार ७३१ रुपैयाँ दिने घोषणा गरेको खनालले सामाजिक संजाल ट्वीटर मार्फत गरेका छन् । उनले यस्को प्रयोग रोजगरी गुमाएका दैनिक ज्यालादारीमा काम गर्नेलाई राहत दिन प्रयोग गरिदिन सुझाव दिएका छन् ।