गगन थापाको प्रस्ताब: प्रत्येक सांसदले १ महिनाको तलब सरकारको कोरोना कोषमा जम्मा गरौं
काठमाडौं । सांसद गगन थापाले महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरससँग लड्न सबै सांसदहरुलाई आहवान गरेका छन् । उनले सरकारको कोरोना कोषमा प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्ने प्रस्ताब गरेका हुन ।
कोरोना नियन्त्रणका लागि जसले जहाँबाट जति सक्छौं यो कोषमा सहयोग गरौं र विपदमा श्रोत जुटाउन साथमा छौं भनेर सरकारलाई आश्वस्त पार्न सबैलाई आहवान गरेका छन् ।
सबैको यो सहयोगबापत सरकारले पनि यो विपदमा एकजना नागरिकलाई पनि अप्ठ्यारो पर्नदिने छैन भनेर आश्वस्त पार्न समेत उनले अपिल गरेका छन् ।