सोमबारदेखि ५ कार्यदिन सम्म सेयर कारोबार बन्द गर्ने धितोपत्र बोर्डको निर्णय



काठमाडौं । धितोपत्र बोर्डले सोमबारदेखि ५ कार्यदिनसम्म  सेयर कारोबार बन्द गरेको छ । बोर्डले सोमबारदेखि ५ कार्यदिनसम्मको लागि सेयर कारोबार बन्द गर्ने निर्णय गरेको हो ।

शुक्रबार प्रधामन्त्री केपी शर्मा ओलीले सम्बोधनको क्रममा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्ने घोषणा गरेका थिए । अत्यावश्यक सेवामा सेयर बजार नपर्ने भएपनि आइतबार नेप्सेका सीइओ चन्द्रसिंह साउदको अनावश्यक हटको कारण सेयर कारोबार भएको थियो । आइतबार दिनभर लगानीकर्ताका संगठन र नेप्सेबीच सेयर कारोबार खोल्ने कि बन्द गर्ने भन्ने विषयमा विवाद समेत भएको थियो ।

बोर्ड स्रोतका अनुसार सोमबारदेखि ५ कार्यदिनसम्म सेयर कारोबार हुने छैन । अर्का साताको लागि भने परिस्थिती हेरेर निर्णय हुने छ ।


क्लिकमान्डु