लोकसेवा आयोगले अन्तर्वार्ताका कार्यक्रम पनि स्थगित गर्यो



काठमाडौं । लिखित परीक्षा स्थगित गरेको लोकसेवा आयोगले अन्तर्वार्ताका कार्यक्रम पनि स्थगित गरेको छ । लोकसेवा आयोगले आइतबार जारी गरेको सूचनामा चैत ११ गतेदेखि हुने तय भएका सम्पूर्ण अन्तर्वार्ता पनि स्थगित गरेको उल्लेख गरिएको छ ।

कोरोना भाइरसको संवेदनशिलतालाई दृष्टिगत गरी आयोगको केन्द्रीय कार्यालय र अन्तर्गतका कार्यक्रममा तय भएका सबै अन्तर्वार्ताका कार्यक्रम स्थगित गरेको हो ।

केन्द्रीय कार्यालयमा सञ्चालन हुने भनिएका निजामती सेवातर्फ नेपाल प्रशासन सेवा, राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सो सरह पदका अन्तर्वार्ताका कार्यक्रम एवम आयोगका विभिन्न कार्यालयबाट सञ्चालन हुने स्थानीय तहतर्फ चौथो तहका सहायक महिला विकास निरीक्षक पदका अन्तर्वार्ता कार्यक्रमहरु स्थगित भएका छन् ।


क्लिकमान्डु