चैत ३० गतेसम्म सम्पूर्ण शैक्षिक परामर्श संस्था बन्द गर्न फेकनको निर्देशन
काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथामका लागि स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)ले आफू अन्तर्गतका सम्पूर्ण शैक्षिक परामर्श संस्था बन्द गर्न आग्रह गरेको छ ।
संघले चैत ७ गतेदेखि चैत ३० गतेसम्म संस्था बन्द गर्न आग्रह गरेको हो । सरकारले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्न निर्देशन दिएको थियो ।
जसअन्तर्गत शैक्षिक परामर्श संस्था पनि पर्ने भएकाले संघले विज्ञप्ती जारी गरी उक्त सूचना जारी गरेको हो ।
संघले कार्यालयको काम अनलाइन प्रणालीबाट काम गर्न, घरलाई पूर्णरुपमा सेनिटाइज गर्न र अत्यावश्यक बाहेकका काममा भीडभाड नगर्न समेत सूचित गरेको छ ।