नेप्सेका सिइओ साउद र लगानीकर्ताबीच चर्काचर्की कसले के भने ? (अडियोसहित)



काठमाडौं । सेयर लगानीकर्ता र नेप्सेका सिइओ चन्द्रसिंह साउदबीच नेप्से कार्यालयभित्रै चर्काचर्की भएको छ ।

नेपाल इन्भेष्टर फोरम, नेपाल पुँजीबजार लगानीकर्ता संघ, नेपाल पुँजीबजार संघ, सेयर लगानीकर्ता संघका अध्यक्ष तथा उपाध्यक्षसँग चर्काचर्की भएको हो ।

लगानीकर्ताहरुले बजार बन्द गर्न आग्रह गर्दा उनले अस्वीकार गरेपछि चर्काचर्की भएको हो । लगानीकर्ता साउदलाई भेटन पुगेपछि उनले सुरक्षाकर्मी बोलाएर मात्रै छलफल शुरु गरेका थिए ।

छलफलको क्रममा उनले आफू नै सेयर बजारको सर्वेसर्वा भएको जसरी प्रस्तुत भएका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहलाई पनि लत्याउँदै, धितोपत्र बोर्डको निर्देशन बिना नै बजार खोलेका थिए ।

उनले नेप्सेमा अर्थमन्त्रालयका पदाधिकारी नै बजार खोल्न भनेपछि खोलेको दाबी गरे ।

छलफलका क्रममा इन्भेष्टर फोरमका अध्यक्ष अध्यक्ष छोटेलाल रौनियारले बजारलाई क्र्यास गर्ने, बैंकबाट मार्जिक कल आउने र लगानीकर्ताले लोन लिन नसकेको खण्डमा त्यो सेयर लिलामीमा लैजाने सोचका साथ बजार खोलेको आरोप लगाए ।

छलफलमा सेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकालले अर्थमन्त्रालयसहितको निर्णय भएको खण्डमा त्यो निर्णय देखाउन दबाब दिए । त्यसको जवाफमा साउदले आफूले गरेको निर्णय लगानीकर्तालाई दिन आवश्यक नभएको तर्क गरे ।

‘तपाईहरु को नै हो र मैले हाम्रो निर्णय देखाउनुपर्ने,’ साउदले यसो भनेसँगै पुनः लगानीकर्ता र साउदबीच चर्काचर्की बढेको हो ।

यता सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुलेलले बजारको बाधक नबनी बजार बन्द गर्न आग्रह गरेका थिए ।

साउदले शनिबार धितोपत्र बोर्डका अध्यक्षलाई फोन गर्दा आइतबार निर्णय गरेर जानकारी गराउने भनेपनि कुनै निर्णय नआएको भन्दै पन्छिन खोजे । लगानीकर्ता र सायदबीच बिबाद बढेपछि आज बजार खुलेपनि भोलिबाट बिचार गर्ने भन्दै लगानीकर्तालाई फर्काइदिए ।

आइतबारको कारोबार भने बन्द भएन ।


क्लिकमान्डु