अमेरिकाका होटलमा नेपाली व्यवसायीको लगानी



अमेरिका । नेपाली समूदायले अमेरिकामा व्यवसाय विस्तार गर्ने क्रम बढिरेहेको छ । स्टोर, ब्यूटी सैलुनदेखि होटलसम्म लगानी विस्तार गरेका छन् ।

यसै क्रममा टेक्सासमा व्यवसाय गर्दै आएका व्यवसायीले अमेरिकाको तेल उत्पादन हुने मुख्य क्षेत्रमा होटलमा लगानी गरेका छन् ।

कर्नेश सिटीस्थित लाकुन्ता इन एण्ड सुईट्स यसै साता नेपाली व्यवसायीले खरिद गरेका हुन् । ६९ कोठाको उक्त होेटल तेल उत्पादन गर्ने मुख्य क्षेत्रमा रहेको छ ।

लगानी विस्तार गर्ने क्रममा हामीले तेल व्यवसायका कारण आर्थिक क्रियाकलाप विस्तार भईरहेको कर्नी सिटीको यो होटलमा हामीले लगानी गरेका हौं व्यवसायी विकल ढकालले भने ।

ढकालले यसअघि टेक्सास डलासमा स्टोर लगायतमा लगानी गर्दै आएका थिए । अर्का व्यवसायी विकासराज न्यौपाने होटलका साझेदार हुन् ।

यो हाम्रो नयां शुरुआत हो तर, यो क्रम यही रोकिने भन्ने छैन विकलले भने हामी अझै नयाँ होटल लगायत व्यवसाय थप्ने क्रममा छौं । यो लगानीसँगै आफूले व्यवसाय पनि विविधिकरण गरेको उनले वताए ।

उक्त होटलमा करिव ७० लाख अमेरिकी डलर लगानी भएको अर्का व्यवसायी विकास राज न्यौपाने वताइएको छ । व्यवसायमा यत्रो लगानीगर्दा जोखिम त हुन्छ विकलले भने तर, वित्तीय तथ्यांकहरु राम्रोसँग विश्लेषण गरेका कारण हामीले त्यस्तो नोक्सानी हुने कुनै संभावना नदेखेको उनीहरुको भनाइ छ ।

कोरोना भाइरस लगायतले व्यवसायमा केही सुस्तता देखिएपनि यो लगानी गर्ने उपयुक्त समय पनि भएको विकलले वताए । राम्रो समय त आईहाल्छ, यसका लागि हामीले तयारी गरिरहेको उनले बताए ।

होटलको वित्तीय विवरण, अकुपेन्सी लगायत आम्दानी राम्रो रहेको उनले वताए । लाकुन्ता होटल फ्रन्चाईजी हो ।

अमेरिकामा यस ब्राण्डका हजारौं होटल छन् । उक्त होटलले सन् २०१६ वाट व्यवसाय शुरु गरेको थियो । कर्नेश सिटी करपस क्रिष्टी र सनएन्टीनोको विचमा रहेको छ ।

यसले गर्दा टेक्सासको समुन्द्र भएको शहर करपस क्रिष्टी र सनएन्टीनो घुम्न आउने पर्यटकका लागि पनि यो होटल बसाइका लागि उपयुक्त हुन्छ ।


क्लिकमान्डु