सेयर बजार किन खोलेको भन्दै नेप्सेलाई स्पष्टिकरण सोध्न अर्थमन्त्रालयको निर्देशन, सेबोनलाई लेख्यो पत्र



काठमाडौं । अर्थमन्त्रालयको निर्देशनमा धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्जलाई आइबार सेयर बजार खोल्नको कारण बारे स्पष्टिकरण सोध्ने भएको छ ।

प्रधामन्त्री केपी शर्मा ओलीको निर्देशनलाई धज्जी उडाँउदै नेप्सेका सिइओ चन्द्रसिंह साउदले सेयर बजार खुला गरेपछि किन बजार खोलेको भन्दै स्पष्टिकरण सोध्न निर्देशन दिएको छ ।

अर्थमन्त्रालय स्रोतका अनुसार मन्त्रालयले धितोपत्र बोर्डलाई बोलाएर नेप्सेले यो बेलामा किन सेयर बजार खुला गरेको हो ? भन्दै स्पष्टिकरण सोध्न निर्देशन दिएको हो ।

यता लगानीकर्ताका ५ वटै संगठन साउदलाई कारबाहीको माग गर्दै अर्थ मन्त्रालयमा पुगेका छन् । मन्त्रालयमा नेपाल इन्भेष्टर फोरम, नेपाल पुँजीबजार लगानीकर्ता संघ, नेपाल पुँजीबजार संघ, सेयर लगानीकर्ता संघका अध्यक्ष तथा उपाध्यक्षहरु अर्थमन्त्रालयमा पुगेका हुन् ।

लगानीकर्ताहरुले अर्थमन्त्रालयका कामू राजस्व सचिव रामशरण पुडासैनीसँग भेट गरेका छन् । भेटमा अर्थमन्त्रालय आफू त बजार बन्द भएको होला भन्नेमा रहेको जानकारी गराएका थिए ।

मन्त्रालयले यस विषयमा आजै निर्णय गर्ने लगानीकर्तालाई जानकारी गराएको छ ।


क्लिकमान्डु