प्रमको निर्देशन धज्जी उडाउँदै नेप्से, लगानीकर्ताले भने- साउद सेयर बजारको भाइरस हुन निलम्बन गर्नुपर्छ



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले प्रधानमन्त्रीको निर्देशनलाई नै लत्याउँदै सेयर बजार खुला गरेको भन्दै कारबाहीको दायरामा ल्याउन आग्रह गरेका छन् ।

नेप्सेको सिइओ सेयर बजारको भाइरस जस्तै भएको भन्दै उनले लगानीकर्ता सामू दादागिरी देखाउँदै बजार खोलेको दाबी गरेका छन् ।

गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्न निर्देशन गरेका थिए ।

अत्यावश्यक बस्तुमा सेयर बजार नपर्ने भएपछि बजार बन्द गर्न सेयर लगानीकर्ताका ५ वटै समूह, धितोपत्र दलाल व्यवसायीहरुले बजार बन्द गर्न आग्रह गरेका थिए ।

साउदले प्रधानमन्त्री ओलीको आग्रहलाई बेवास्था गर्दै बजार खुलाएपछि त्यसको विरोध गर्दै तत्काल कारबाहीको दायरामा ल्याउन अर्थमन्त्रालयलाई आग्रह गरेका छन् ।

इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले स्वार्थ समूहमा लागेर (आइतबार) आज बजार खोलेको बताए ।

बजारलाई क्र्यास गराए केही स्वार्थी समूहलाई माथि उठान खोजेको बताए । प्रधानमन्त्रीले भनेपनि बोर्डबाट चिठी नभएको भन्दै बजार खोलेको बताए ।

साउदले लगानीकर्ताको विश्वास जगाएर काम गर्नु पर्नेमा लगानीकर्ताको हितभन्दा बाहिर गएर काम गरेको उनको तर्क छ । नेप्सेप्रति लगानीकर्ताको विश्सास गुम्दै गएको उनको भनाइ छ ।

आम लगानीकर्ता, गृहिणी, विद्यार्थीको कुरा नसुन्ने, ऋण लिएर गरेको लगानीमा नेप्सेले धोका दिएको भन्दै उनले यो काम गर्नुलाई भारसको संज्ञा दिए । उनले तत्काल छानविन गरेर कारबाहीको लागि समेत नियामक निकायसँग माग गरेका छन् ।

नेपाल पुँजिबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरलले अहिलेको बजारको बारेमा अर्थमन्त्रीलाई पनि जानकारी गराएको बताए । उनले धितोपत्र बोर्डलाई पनि जानकारी गराएको र हिजोसम्म बजार नखुल्ने नै जानकारी आएको उनको भनाइ छ ।

बजार खोल्नका लागि नेप्सेले धितोपत्र बोर्ड र अर्थमन्त्रालयसँग कुनै पनि समन्वय नगरी साउदले मनोमानी गरेको बताइन । उनले साउदको मनपरी भएसम्म लगानीकर्ता यो बजारमा टिक्न नसक्ने बताइन ।

अहिलेको अवस्थामा साउदलाई कारबाही नगरेको खण्डमा लगानीकर्ता बजारबाट बाहिरीने उनको भनाइ छ । यसलाई अर्थमन्त्रालयले सुक्ष्म रुपमा हेन आवश्यक भएको उनको तर्क छ ।

नेपाल पुँजीबजार संघकी अध्यक्ष संरक्षणा चौधरीले धितोपत्र बोर्डसँग कुरा गर्दा पनि बजार बन्द गर्ने बताएको भएपनि साउदले त्यसमा ध्यान नदिएको उनको भनाइ छ ।

विपदको समयमा साउदले आज एकदिन हेर्न दिउँ भनेको भन्दै त्यसको असर लगानीकर्तालाई नै हुने उनको तर्क छ । एकदिनका लागि बजार खुल्नुको अर्थ नभएको उनको भनाइ छ ।

सेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकालले सेयर बजारमा लुटपाट मच्चाउने योजनाका साथ साउदले बजार खोलेको भन्दै उनलाई तत्काल अर्थमन्त्रालयले निलम्बर गरेर कारबाही गर्न आवश्यक भएको बताए ।

ब्रोकर, लगानीकर्ताले बजार चलाउन नसकिने भन्दै गर्दा पनि बजार खुलेको भन्दै साउदलाई कारबाही गर्नुको विकल्प नभएको उनको भनाइ छ ।

प्रमको सम्बोधनपछि बोर्डले पनि बजार खोल्नुपर्छ भनेर नभनेको अवस्थामा साउदले पर्दा पछाडिको व्यक्तिको हितको लागि बजार खुला गरेको बताए ।

नियामक निकाय स्वार्थ समूहमा लागेर पुँजी बजारलाई अनिर्णयको बन्दी बनाएको उनको दाबी छ । हिजोसम्म बन्द हुन्छ भनेको बजार आज एकाएक खोल्ने कार्य भएको भन्दै यस्तालाई अर्थमन्त्रालयले तत्काल कारबाही गर्न समेत माग गरेका छन् ।

लगानीकर्ताको पहिलो माग नै नेप्सेमा बसेर सेटिङ लगाउने सिइओलाई अर्थ मन्त्रालयले स्पष्टिकरणका लागि बोलाउन आवश्यक भएको उनको तर्क छ ।

साउदलाई तत्काल कानूनी दायरामा ल्याउन माग गरेका छन् । यो अवस्थामा बजार खुलाउन भनेको षडयन्त्र भएको उनको भनाइ छ ।

सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुलेलले ब्रोकरले कारोबार गर्न सकिँदैन, मर्चेन्ट बैंकले पनि कारोबार गर्न सकिँदैन भनेको समयमा साउदले यसरी कारोबार खोल्नुमा स्वार्थ भएको बताए ।

नेप्सेले प्रधानमन्त्रीको निर्देशनलाई लत्याएको उनको भनाइ छ ।


क्लिकमान्डु