अत्यावश्यक बाहेकका सबै सेवा चैत ९ गतेदेखि २१ गतेसम्म बन्द, कुन र कस्ता सेवा पर्छन ?



काठमाडौं । सरकारले अत्यावश्यक बाहेकका सार्वजनिक, सामूदायिक र निजी सेवाप्रदायक संस्थाहरु चैत ९ गतेदेखि १८ गतेसम्म बन्द गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा शुक्रबार साँझा देशबासीका नाममा सम्बोधन गर्दै अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिए ।

उनको सम्बोधनमा भनिएको छ– ‘देशैभर संघ, प्रदेश र स्थानीय तहमा सार्वजनिक, सामूदायिक तथा निजी सेवा प्रदायक सस्थाहरुबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक बाहेक अन्य सबै सेवा चैत ९ गतेदेखि २१ गतेसम्म बन्द गरिएको छ ।’

के के पर्छ अत्यावश्यकमा ?
राजपत्रमा प्रकाशित भए अनुसार आवश्यक सेवा सञ्चालन ऐन २०१४ अनुसार

१) डाँक, तार वा टेलिफोन सेवा

२) जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा

३) हवाईअड्डा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्नेल कामसँग सम्बन्धि सेवा

४) हवाई ग्राउन्डेड, रेल्वे स्टेसन। वा सरकारी गोदाममा मालसामान ओसार पसार गर्ने वा राख्ने झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धि सेवा

५) प्रिन्ट वा सरकारी छापाखाना सम्बन्धि सेवा

६) हातहतियार खरखजाना वा अरु कुनै सैनिक सर सामानको उत्पादन गनेृ, थथन्क्याउने वितवरण गनेृ कामसगा सम्बन्धि नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा ।

७) सञ्चार सेवा

८) आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा

९) खानेपानीको सञ्चालन तथा वितवरण सेवा

१०) पर्यटन, आवास, मोटेल, होटल रेष्टुराँ र रिसोर्ट सम्बन्धी सेवा

११) पेट्रोलियम पदाथर्त (एल. पिं ग्याँस समेत)को पैठारी, ढुवानी, भण्डारण तथा वितरण सम्बन्धी सेवा

१२) अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा (एम्बुलेन्स सेवा जस्ता सेवाहरु)

१३) औषधि निर्माण तथा बिक्री वितरण सम्बनधी सेवा

१४) फोहोर मैलाको संकलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल एवम व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा

१५) बैंकिङ सेवा

१६) बीमा सेवा

१७) विद्युत सेवा

१८) दैनिक उपभोथ्य वस्तुहरु (खाद्यान्न, दाल चामल, नुन तेल) को पैठारी, ढुवानी भण्डारण तथा वितरण सम्बन्धी सेवा

१९) मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा ।

उनले अत्यावश्यक वस्तुको अधिक सञ्चय नगरी भ्रमको पछि नलाग्न समेत आग्रह गरे । उनले धैर्य हुन आग्रह गर्दै संयमित हुन समेत आग्रह गरे ।

 


क्लिकमान्डु