निक्कीको कार्यसमिति र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता



काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघको कार्यसमिति र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेट भएको छ । संघका अध्यक्ष सिर्जना राणाको नेतृत्वमा गएकोे कार्यसमिति सदस्य टोलीले राजदूत क्वात्रासँग भारतीय राजदूतावास, लैनचौरमा शिष्टाचार भेट गरेको हो ।

भेटमा संघले गरेका कार्यस“गै आगामी दिनहरुमा गर्ने कार्यहरु तथा नेपाल–भारत व्यापार तथा लगानीका क्षेत्रमा रहेका बिभिन्न पक्षहरुको बारेमा छलफल भएको थियो ।

संघका अध्यक्ष राणाले नव–नियुक्त भारतीय राजदूत क्वात्रालाई नेपाल–भारत द्विपक्षीय व्यापार तथा लगानीको क्षेत्रमा निक्कलीले आगामी गतिविधीका लागि राजदूतावासको सक्रिय सहयोग आवश्यक रहेको भन्दै अनुरोध गरेकी थिइन ।

राणाले दोश्रो नेपाल–भारत पर्यटन संयुक्त कार्यदलको बैठक सन् २०१८ जुलाई ६ मा काठमाडौंमा सम्पन्न भएको तथा प्रत्येक २÷२ वर्षमा नेपाल र भारतले आलोपालो गरी नेपाल–भारत पर्यटन संयुक्त कार्यदलको बैठक आयोजना गर्ने प्रावधान भएको जानकारी गराउंदै यो बर्ष भारतमा हुने संयुक्त कार्यदलको बैठकका लागि भारतीय राजदूतावासको सक्रिय सहयोगको लागि समेत अनुरोध गरिन् ।

उपाध्यक्ष सुनिल केसीले संघले अबका दिनमा नेपाल–भारत साझेदारी सम्मेलन (पार्टनरशीप समिट), काठमाडौं–कोलकाता मञ्च (के टू के फोरम), भारतको नयां दिल्लीमा एउटा इनोभेसन हाउसको स्थापना गर्नका लागि आग्रह गरे ।

उनले यसमाध्यमबाट नेपालका नव उद्यमीका लागि लगानीकर्तास“ग समन्वय गर्न सघाउने एवं भारतीय लगानी नेपालमा भिœयाउने कार्यक्रम लगायतका कार्यक्रमहरु गर्ने योजनाअनुसार संघले कार्य गर्दै आएको समेत बताए ।

भेटमा राजदूत क्वात्राले नेपाल–भारत उद्योग वाणिज्य संघले हालसम्म गरेका कार्यहरुको प्रशंसा गर्दै नेपाल–भारत दुई पक्षीय ब्यापार तथा लगानी प्रबद्र्धनको क्षेत्रमा संघले गर्ने कार्यहरुमा दूतावास सहकार्य गरी अघि बढ्न तत्पर रहेको कुरा जानकारी गराएका थिए ।

भेटमा अध्यक्ष राणासहित निवर्तमान अध्यक्ष सौर्य राणा, उपाध्यक्ष सुनिल केसी र सैवाल घोष, महासचिव आरबी रौनियार, कोषाध्यक्ष ज्ञानेन्द्रलाल प्रधान तथा सदस्यहरु अभिमन्यू पोड्डार, हेमराज ढकाल, करण चौधरी, सन्दीप अग्रवाल गाडिया, सौरभ ज्योति, सुधीर मित्तलका साथमा निर्देशक केशवमान सिंह, अधिकृत मार्शल राठौर र कन्सलटेन्ट लुजा माथेमा थिए ।


क्लिकमान्डु