अदालत दुईसाता बन्द हुने, बन्दी प्रत्यक्षीकरणको रिटको मात्र सुनुवाई हुने



काठमाडौं । सर्बोच्च अदालतले १५ दिनका लागि सम्पूर्ण अदालतहरु बन्द गर्ने निर्णय गरेको छ ।

सर्बोच्च अदालतको फुल बेन्चको बैठकले आइतबारदेखि १५ दिनका लागि सम्पूर्ण अदालतहरु बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसलाई नियन्त्रणमा लिनको लागि १५ दिनसम्म अदालत सेवा बन्द गर्ने निर्णय भएको हो । १५ दिनसम्म अदालत बन्द भएपछि बन्दी प्रत्यक्षीकरणको रिटको भने सुनुवाई हुने छ ।


क्लिकमान्डु