भारतमा जनता कर्फ्यु
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस रोकथाम तथा न्यूनिकरणका लागि जनता कर्फ्यु घोषणा गरेका छन् ।
बिहीबार जनतालाई सम्बोधन गर्दै मोदीले २२ मार्चसम्म बिहान ७ बजेदेखि राति ९ बजेसम्म २ घन्टा जनता कर्फ्यु घोषणा गरे । र, यसलाई पालना गर्न समेत आग्रह गरे ।
मोदीले सम्बोधन गर्दै भने– विश्व यो समय संकटबाट गुज्रिरहेको छ, आमरुपमा कुनै पनि प्राकृतिक सकट आउँदा केही देशमा मात्रै सीमित हुन्छ, तर यस पटक भने योविश्व भरका मानव जातिलाई संकटमा पारेको छ, त्यसैले यसबाट बच्नका लागि आवश्यक सावधानी अपनाउन आग्रह गर्दछु ।’
बिहीबार नै सम्बोधनका क्रममा मोदीले एक साताका लागि सबै अन्तर्राष्ट्रिय उडान प्रवेशमा रोक लगाउनुका साथै १० वर्ष मुनीका केटाकेटी र ६५ वर्षभन्दा माथिका बुढाबुढीलाई घरबाट ननिस्कन समेत भनेका थिए ।
भारतमा हालसम्म १७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ४ जनाको मृत्यु समेत भइसकेको छ ।