कैदी नछाडिने, संक्रमण भइहाले कहाँ राख्ने छलफल हुँदै
काठमाडौं । सरकारले कारोना भाइरसबाट जेलमा रहेका कैदी संक्रमित भइहाले नछाड्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले कैदी नछाडिने बताउँदै नयाँ कैदीलाई समस्या देखिए परीक्षण गरिने बताए ।
बिहीबार पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले पनि कैदी नछाडिने बताउँदै संक्रमण भइहालेमा अस्पतालमा राख्ने वा त्यही राख्ने विषयमा छलफल भइरहेको जानकारी दिए ।
कोरोना भाइरसको संक्रमण भइहालेमा कैदीलाई के गर्ने भन्ने विषयमा अहिले छलफल भइरहेकको समेत उनको भनाइ छ ।