कर्जाको सुचना लिन अब ऋणी बैंक धाउन नपर्ने, राष्ट्र बैंकले गर्यो यस्तो व्यवस्था



काठमाडौं । बैंक तथा वित्तीय संस्थाका ऋणीले आफ्नो कर्जा सम्बन्धी सम्पूर्ण जानकारी कर्जा सुचना केन्द्रबाटै पाउने भएका छन् । राष्ट्र बैंकले कर्जा सुचना विनियमावलीमा उपविनियम थप गर्दै ऋणीलाई आफ्नो कर्जा सम्बन्धी सम्पूर्ण सुचना लिनमा सहजता गरिदिएको हो ।

हालसम्म ऋणीले आफ्नो कर्जाको सुचना सम्बन्धीत बैंक तथा वित्तीय सस्थाबाट मात्र लिन पाउने व्यवस्था थियो । बैंक तथा वित्तीय सस्थाले १० लाख रुरुपैयाँभन्दा बढीको कर्जाको सुचना कर्जा सुचना केन्द्रबाट लिने र सो सचना ऋणीलाई दिने व्यवस्था ‘नेपाल राष्ट्र बैंक, कर्जा सूचना विनियमावली २०५९’ मा गरिएको थियो ।

बैंकले ऋणीलाई दिने कर्जा सुचनाबारे राष्ट्र बैंकमा गुनासो बढेको कारणले उपविनियम थप गरिएको राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकालले बताए ।

‘राष्ट्र बैंकमा कालो सुचीमा परेको या अन्य कर्जा सम्बन्धी सुचना बैंकले सहज दिदैनन् भनेर ऋणीले गुनासो गरेकाले निर्देशन जारी गरेका हौ’ उनले क्किमाण्डूलाई भने ‘अब ऋणी सोझै कर्जा सुचना केन्द्रमा गएर निवेदन दिई आफ्नो कर्जाको सम्पुर्ण जानकारी दिन सक्छन् ।’ हालसम्म बैंकहरुलाई कर्जाको सुचना दिँदा कर्जा सुचना केन्द्रले शुल्क लिइरहेको हुँदा अब ऋणीलाई कर्जाको सुचना दिए वापत कति शुल्क लिने त्यो भने केन्द्रले नै तोक्न पाउने ढकालले जानकारी दिए ।


क्लिकमान्डु