कोरोना प्रभावः त्रिभुवन विश्वविद्यालयको क्लास र परीक्षा स्थगित



काठमाडौं । त्रिभुवन विश्वविद्यालयले (त्रिवि)ले स्नातकोत्तर तह सेमेस्टर प्रणालीका परीक्षाहरु स्थगित गरेको छ । त्रिविले सचना जारी गर्दै शुक्रबारबाट लागू हुने गरी अर्को सुचना प्राप्त नभएसम्म परीक्षा स्थगन गरेको हो ।

सरकारले कोरोना भाइरसको जोखिम न्यूनिकरण गर्नका लागी सम्पुर्ण पठन पाठन तथा परिक्षाहरु स्थगन गर्ने निर्देशन भएको कारण त्रिवि कार्यकारी परिषद्को बैंठकले आफु त्रिवि अन्र्तगतका पठन पाठन र परीक्षा स्थगित गराएको जनाएको छ ।

त्रिविमा अहिले विभिन्न तह र संकायका परीक्षा सञ्चालन भइरहेको थियो । व्यवस्थापन संकायको स्नातकोत्तर तह दोस्रो र चौथो सेमेस्टरको परीक्षा सञ्चालन भइरहेको छ  । एमए दोस्रो सेमेस्टरको ९ चैत र चौथो सेमेस्टरको ७ चैतदेखि परीक्षा–तालिका सार्वजनिक भएको थियो ।


क्लिकमान्डु